बंगलादेशमा विमान अपहरण, आत्मसमर्पण गर्न नमानेपछि अपहरणकारी मारिए



हाम्रो इकोनोमि

 

बंगलादेशको सरकारी वायुसेवा कम्पनीको विमान अपहरण गर्ने व्यक्ति मारिएका छन्।  सरकारी यात्रुवाहक जेट विमान अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आइतबार आपतकालीन अवतरण गरिएको थियो।

 

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए। सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बिबिसले लेखेको छ।

 

सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सरकारी अधिकारीहरुले बताएका छन्। करिब २५ वर्षीय अपहरणकारीको नाम भने खुलेको छैन। विमान अपहरणको कारण पनि खुलेको छैन। अपहरणमा परेको विमानका यात्रु र चालकदलका सदस्य सकुशल छन्।

 

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेको बताए।अपहरणकारीले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...