नेपालले कामदार नपठाएपछि भारतसँग श्रम सम्झौता गर्दै मलेसिया



हाम्रो इकोनोमि

 

 

नेपालले कामदार पठाउन छाडेपछि मलेसियाले भारत सरकारसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

१० महिनादेखि मलेसियामा कामदार पठाउन रोक लगाएको छ ।नेपालले कामदार पठाउन रोक लगाएपछि विकल्प मा मलेसियाले भारत रोजेको हो ।

भारतबाट केही क्षेत्रमा मात्र स्पेसल भिसामा कामदार मलेसिया जाने गरेका थिए । भारतलाई मलेसियाले कामदार आपूर्ति गर्ने स्रोत मुलुकमा सूचीकृत गरेको थिएन ।नेपालसँग श्रम सम्झौता गरेको ५ महिना बितिसक्दासमेत कामदार पठाउन ढिलाइ गरेपछि मलेसियाले विभिन्न मुलुकबाट कामदार लैजाने तयारी गरेको त्यहाँका समाचार एजेन्सीहरुले जनाएका छन् ।

मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानले भारत, इन्डोनेसियालगायत अन्य मुलुकसँग श्रम श्रम्झौताका लागि वार्ता भइरहेको जानकारी दिएका छन् । मन्त्री कुलासेगरानले बङ्गलादेशबाहेक अन्य देशका कामदारलाई मलेसियामा ल्याउन कुनै अवरोध नभएको बताएका छन् ।

कुलासेगरानले भने, ‘बङ्गालदेशमा कामदार राख्ने प्रणालीमाथि छानबिन पेन्डिङमा रहेका कारण त्यहाँका कामदारहरुको भर्ती स्थगन गरिएको छ ।’ मलेसियाबाट सञ्चालित फ्री मलेसिया टुडेका अनुसार विदेशी कामदारहरुको व्यवस्थापन तथा नीति लाई चुस्तदुरुस्त बनाउन मन्त्रिपरिषद्ले गठन गरेको स्वतन्त्र समितिले आफ्नो प्रतिवेदन तयार गरिसकेको छ ।

विदेशी कामदारहरुको सर्वपक्षीय इन्टेकसम्बन्धी सरकारलाई सुझाव दिन उक्त समिति गत वर्षको २९ अगस्टमा गठन गरिएको थियो ।नेपालले मलेसिया जाने कामदारमाथि आर्थिक भार पारेको भन्दै विभिन्न पाँच संस्थालाई कारबाही गर्ने भन्दै श्रम, रोजगार तथा सामा जिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेदेखि कामदार पठाउन रोक लगाएको छ ।

श्रम मन्त्रालयले ती संस्थाहरुलाई दायर गरेको मुद्दा विचाराधीन छ । तर नेपाल र मलेसियाबीच भएको दुईपक्षीय श्रम समझदारीमा भने ती संस्था यथावत् रहने र कामदारमार्फत उठा उँदै आएको रकम रोजगारदाता कम्पनीले बेहोर्ने उल्लेख गरिएको छ ।

कामदार आपूर्तिकर्ताले नै थप आर्थिक भार बेहोर्ने सम्झौतामा हस्ताक्षर गरेका श्रममन्त्री गोकर्ण विष्टले अहिलेसम्म के कारणले मलेसिया खुलाउन चाहेका छैनन् भन्ने यकिन हुन सकेको छैन ।

श्रम समझदारी लगत्तै बसेको जोइन्ट वर्किङ ग्रुपले कलिङ भिसा पाएका कामदारलाई तत्काल मलेसिया पठाउन मन्त्रालयलाई अनुरोध गरिसकेको छ । तर लामो समयसम्म कलिङ भिसा पाएकाहरु पनि मलेसिया जान नपाएपछि उनीहरुको करोडौं रुपैयाँ जोखिममा परेको छ ।

केही साताअघि मात्र श्रम विभागले कलिङ भिसाको तथ्याङ्क माग गरे पनि रोजगार खुलाउने वा नखुलाउने विषयमा भने कुनै जवाफ आएको छैन ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...