प्रधानमन्त्री ओलीले भने स्वदेशमै उत्पादन भएको चामलको भात खाऔं



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नुपर्ने बताएका छन्। आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

 

नेपालीको खाद्य आदत परिवर्तन हुँदै गएकाले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ। ‘पहिला नेपालीमा सागसब्जी कम्ती खाने बानी थियो। अहिले यसमा परिवर्तन आएको छ। त्यस कारण अहिले भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘बास्नादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।’

 

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक नभएर गुणात्मक परिवर्तन हुनुपर्ने बताए। ‘एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारको बाली लगाउनुपर्छ’, ओलीले भने, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्छ।’ देशको दुई तिहाई जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको उनको भनाइ छ।

 

‘हाम्रो देशका लागि ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यन्त्रिकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...