बालुवाटारमा मन्त्री फेरबदलको अन्तिम गृहकार्य, गृहमा जनार्दनको चौका, को कहाँ पुगे



हाम्रो इकोनोमि

 

वर्तमान दुई तिहाईको सरकारले माइलेज लिन नसक्दा पार्टीभित्र र बाहिर चर्काे आलोचना भइरहेका बेला मन्त्री फेरबदलको अन्तिम गृहकार्य बालुवाटारमा भइरहेको छ । नेकपाका दुई अध्यक्षले नयाँ मन्त्री ल्याउने र मन्त्रालय फेरबदल गर्ने तयारी गरेका छन् ।

 

‘सम्भवत केही मन्त्रीका लागि अब बस्ने मन्त्रिपरिषदको बैठक अन्तिम हुन्छ होला’ बालुवाटार निकट स्रोतले भन्यो ‘बढिका तीन जना नयाँ अनुहार ल्याउने तयारी भएको छ भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने भएको छ ।’ नयाँमन्त्रीमा जनार्दन शर्मा र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एकको नाम भने अझै टुंगो लागेको छैन ।

 

नयाँ तीन मन्त्री थपिने भएपछि वर्तमान तीन मन्त्री विदा हुने भएका छन् । विदा हुनेको सूचिमा भौतिक योजनामन्त्री रघुविर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र कृषिमन्त्री चक्रपाणी खनालको नाम रहेको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । तर अर्थमन्त्री खतिवडाले परिणाम निकाल्न केही समय मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय फेरिएको छ । खतिवडालाई एउटा मौका दिन सोचमा उनी पुगेका छन् ।

 

रिक्त रहेका मन्त्रालयमै नयाँ मन्त्रीको पदपुर्ति भने नगरिने बालुवाटार स्रोतले जनाएको छ । लगभग आधाभन्दा बढि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारी नेकपाका दुई अध्यक्षले गरेका छन् ।

 

मन्त्रीको हेरफेरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा पर्ने लगभग निश्चित छ । गृहमन्त्रीमा जनार्दन शर्मालाई ल्याउने दुई अध्यक्षबीच सहमति भइसकेको छ भने सुरेन्द्र पाण्डेका बिषयमा मन्त्रालय टुंगीसकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पाण्डेलाई अर्थमन्त्री नै बनाउन चाहेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली डा. खतिवडालाई नै अहिलेलाई जिम्मा दिने पक्षमा छन् ।

 

भौतिक मन्त्रालयको जिम्मा रामबहादुर थापालाई दिने तयारी गरिएको छ भने पर्यटनमन्त्रीको जिम्मा गोकुल बास्कोटालाई दिने तयारी गरिएको छ । भौतिक मन्त्रालयमा प्रदीप ज्ञवालीले पनि दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...