बाइडबडी प्रकरणमा तानिएपछि देउवा तनावमा, अरजुलाई भने तिम्रै कारण यस्तो भयो



 

वाइडबडी जहाज खरिद प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मन्त्री रविन्द्र अधिकारी पनि तानिने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बायु सेवा निगमका लागि खरिद गरिएका एयरबस जहाजका विषयमा अनुसन्धान थालेपछि देउवा र अधिकारी तानिने भएका हुन् । बाइडबडी प्रकरणमा तानिएपछि तनावमा परेका देउवाले अरजुलाई भने तिम्रै कारण यस्तो भयो ।

 

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले खरिद प्रक्रियामा जोडिएका सबैसँग अख्तियारले बयान लिने क्रम जारी रहेको र प्रमाण संकलनको काम पनि भइरहेको बताए। उनले वाइडबडी जहाजका विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। साथै उनले पछिल्लो समय घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकलाई पनि नछाड्ने संकेत गरेका छन्।

 

उनले अख्तियारले संवैधानिक निकायका पदाधिकारीमाथि अनुसन्धान गर्ने अख्तियारी नपाएको भए पनि महान्यायाधीवक्ता अग्नी खरेलसँग सहकार्य गरेर पाठकलाई अनुसन्धानको दायरामा ल्याइएको बताएका छन्।

 

संघीय संसद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताए।

 

उनले खरिदमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको बताए। खरिद प्रकरणमा जोडिएका सबैजना अनुसन्धानमा तानिएमा पूर्व पर्यटनमन्त्रीहरूसहित बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि समेटिने छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेलामा वाइडबडीका लागि पहिलो किस्ता निकासा भएकाले यो प्रकरणमा देउवा पनि जोडिने छन्। प्रमुख आयुक्त घिमिरेले आयुक्त पाठकको विषयले आफूहरु चिन्तित भएको पनि बताए।

नेविसंघका दुई गुटबिच भिडन्त, पत्रकारसहित केही विद्यार्थी घाइते

नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो ।

 

कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा समेत हानाहान भएको हो । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको गुट नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा दबाब दिइरहेको छ । भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने पक्षमा दबाब दिइरहेको छ ।

 

आइतबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रिय कार्यसमितिको बैठक सुरु हुनु अघि नेताहरु आपसी छलफल गरिरहेका बेला नेविसंघको दुई गुटबीच बाहिर झडप सुरु भएको हो । सुरुमा दई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगै हानाहान गरेको प्रहरीले बताएको छ ।

 

दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि भने प्रहरीले लाठी चार्ज गरी दुवै पक्षका विद्यार्थीहरुलाई तितरवितर बनाएको हो । झडपमा परी एकजना पत्रकारसहित केही विद्यार्थी घाइते भएको बताइएको छ । घाइतेहरु मध्ये जितेन्द्र क्षेत्रीको अवस्था भने गम्भिर रहेको छ ।

 

पार्टी कार्यालय पुगेका संस्थापन पक्षको ब्यानर काफ्ले समूहले च्यातिदिएपछि २ पक्षबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ । हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही