राजनारायण पाठकले यसरी लिएका थिए ७८ लाख घुस, हेर्नुहोस अडियो सहित



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घूस लिएको प्रकरणमा पूर्वाञ्चल विश्वविद्यालयका डिन तथा उनका भाई शुभनारायण पाठक सहयोगी भूमिकामा रहेको रहस्योद्घाटन भएको छ।

 

तत्कालीन आयुक्त राजनारायाणले आफ्ना भाई शुभनारायण, प्रहरी, गुण्डा, दलाल, राजनीतिक दलका नेता सम्मिलित ‘घूस ग्याङ’ खडा गरी  नेपाल इन्जिनियरिङ कलेज सञ्चालकसँग रकम असुलेको देखिएको हो।

 

प्राप्त पछिल्लो अडियो आयुक्त राजनारायणका आफ्नै भाइ शुभनारायणले राजपा केन्द्रीय सदस्य ज्ञानेन्द्र झालाई गरेको फोन कल रेकर्ड हो। नेपाल इन्जिनियरिङ कलेज सञ्चालकले घूस दिएको सूचना बाहिरिएपछि दुवैबीच सम्वाद भएको देखिन्छ। दुई जनाबीच मैथिलीमा सम्वाद भएको छ।

 

अडियोमा सूचना बाहिरिएकाले आफूलाई डर लागिरहेको ज्ञानेन्द्रले बताउँछन्। उनलाई ढाडस दिँदै शुभनारायाण भन्छन्, ‘डराउनुपर्ने केही छैन। त्यस्तो केही भए तुरुन्तै पक्राउ गर्न लगाइदिन्छु।’

 

अर्को एक ठाउँमा ज्ञानेन्द्रले भनेका छन्, ‘डिल त भएको हो सरसँग, पैसा लिएर सरसँग गएको पनि हो।’ जवाफमा शुभनारायाण भन्छन्, ‘पैसाको कुरा फोनमा नगरौं।’

 

पछिल्लो अडियोमा शुभनारायाणले घूस प्रकरण बाहिरिए दाजु (राजनारायाण) को प्रमुख आयुक्त हुने सपना पूरा नहुने उल्लेख गरेका छन्। ‘दाजु पनि प्रमुख आयुक्तको दौडमा हुनुहुन्छ। यही बेला यो कुराकानी बाहिर आयो। के हुन्छ थाहा छैन’, घूस लेनदेनको विषयको सूचना बाहिरिएकोमा उनी चिन्ता व्यक्त गर्छन्। टेलिफोन कुराकानीकाे पूर्ण पाठ:

 

ज्ञानेन्द्र: हेलो

शुभनारायण: के छ ज्ञानेन्द्रजी?

ज्ञानेन्द्र: नमस्ते सर

शुभनारायण: के छ हालखबर? सञ्चै हुनुहुन्छ?

ज्ञानेन्द्र: सञ्चै छु। सालोलाई केही समस्या भएको छ। त्यसैमा लागेको छु।

शुभनारायण: ए ए ।

ज्ञानेन्द्र: फिलिपिन्समा भएको सालोलाई स्वास्थ्यमा समस्या भएर हस्पिटल लगेको छु।

शुभनारायण: यो बीचमा कति पटक फोन गरेँ। दाई(राजनारायण)ले पनि फोन गर्नु भएको थियो। वास्तवमा, नेपाल इन्जिनियरिड कलेजको न्यौपाने (लम्बोदर) भेटाउन लैजानु भएको थियो नि त्यो कुराकानी बाहिर आयो। मेरो दाजु पनि प्रमुख आयुक्तको दौडमा हुनुहुन्छ। के हुन्छ थाहा छैन आफ्नो हातको कुरा होइन। यो समयमा त्यो कुराकानी बाहिर आयो। यस विषयमा तपाईको विचार के छ?

ज्ञानेन्द्र: डिल त भएको हो सरसँग, पैसातैसा लिएर सरसँग गएको हो

शुभनारायण: हे…हे… पैसाको कुरा फोनमा नगरौं।

ज्ञानेन्द्रः त्यो कुराकानी कसरी बाहिर आयो मलाई थाहा भएन।

शुभनारायणः एक पटक न्यौपानेसँग (अस्पष्ट केही शब्दहरु सुनिन्छन्)। एक पटक दाईसँग तपाइँले भेट गर्नुहोला।

 

ज्ञानेन्द्र: मलाई पनि एक पटक फोनमा यस्तै कुरा आएको थियो। मैले थाहा छैन भनिदिएँ। उसले होइन होइन यस्तो प्रकारको कुरा छ भनेर भन्यो। त्यसो भए मलाई थाहा छैन भने र फोन काटिदिएँ

शुभनारायण: अँ न्यौपानेको कुरा दाईसँग एक पटक गर्नुहोस् न।

ज्ञानेन्द्र: सर म आफैँ डराएको छु।

 

शुभनारायण: डराउनु पर्ने कुरा केही छैन। त्यस्तो केही भयो भने तुरुन्तै पक्राउ गर्न लगाइदिन्छु। चिन्ता गर्नुपर्ने कुरा केही छैन। हामी के कच्चा खेलाडी हो र (केही अस्पष्ट संवाद) ? भोली गएर तपाईले दाजुलाई भेट्नु, केही गडबड गरेमा पाँच मिनेटमा छापा मार्न लगाइदिन्छु।

ज्ञानेन्द्र: अँ अँ हुन्छ हुन्छ ।

 

शुभनारायण: त्यसका लागि केही समस्या छैन। यो केस तपाईंले ल्याउनु भएको हो। तपाईहरुबीच के कुरा भएको छ त्यसले हाम्रो सम्बन्ध नबिग्रियोस्। अरु बाँकी चिजका लागि आइजीलाई भनौंला। त्यसका लागि केही कुरा छैन। बाहिर हल्ला भएर बदनाम भयो भने अफ्ठ्यारो पर्छ। अन्य व्यक्तिहरुले हल्ला गरे भने झन नराम्रो हुन्छ।

ज्ञानेन्द्र: जसले कुरा बाहिर ल्याउन साहस गरिरहेको छ त्यो साहसी नै हुनुपर्छ।

शुभनारायण: त्यस्तो भयो भने पाँच मिनेटमा पक्राउन सकिन्छ। डराउनु पर्दैैन।

ज्ञानेन्द्र: जसले बाहिर कुरा ल्यायो त्यो साहसी नै हुनुपर्छ तपाईले यो कुरा बुझ्नै पर्छ।

शुभनारायण: भोलि कसको के हुन्छ भन्ने कुरा भोलि नै थाहा हुन्छ।

ज्ञानेन्द्र: त्यसैले म डराएँ। एउटा आयुक्तविरुद्ध जानसक्छ भने त्यो मानिस कस्तो छ के छ भन्ने कुराले डर लागि रहेको छ।

शुभनारायण: यो सब बदमासी न्यौपानेको हो। सरले एक पटक गएर दाजु (राजनारायाण आयुक्त) लाई भेट्नुहोस्।

 

ज्ञानेन्द्र: अहिले म भेट्न सक्दिनँ। जे मैले गर्नुपर्छ फोनबाट निर्देशन होस् त्यही गर्छु। त्यही अनुसार बाहिर गर्छु। म आफैँ डराइरहेको छु सर। त्यसैले त्यस समयमा मैले तपाईको फोनहरु उठाइनँ। मैले यो के गरेँ के गरेँ। हुँदोखाँदो केही छैन, सबै ठाउँमा फस्दै गएको छु।

शुभनारायण: त्यसो भए फोन राखौँ। काठमाडौं आएर कुरा गरौला।

ज्ञानेन्द्र: हस् सर। नेपालखबरबाट

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...