एनसेल मुख्यालय बम आक्रमणमा सुरक्षा गार्डकै मिलेमतो



हाम्रो इकोनोमि

 

ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतोको रहस्य खुलेको छ । अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको चरम लापरवाही र मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ । सुरक्षा गार्डको साँठगाँठ देखिएपछि प्रहरीले २ जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

अज्ञात समूहले बम राखेर गएपछि सुरक्षा गार्डले प्रहरीमा समेत जानकारी गराएका थिएनन् । एनसेल मुख्यालयबाट २ सय मिटरजति टाढा रहेको नख्खु प्रहरीमा पनि उनीहरुले जानकारी नगराएको प्रहरीले जनाएको छ ।

 

बम पड्किएपछि नख्खु प्रहरी र स्थानीयले कन्ट्रोलमा खबर गरेका थिए । बल्खुमा रहेका ललितपुरका एसएसपी रविन्द्र धानुक ५ मिनेटमा नै एनसेलको मुख्यालयमा पुगेर घाइतेहरुको उद्धारमा जुटेका थिए ।

 

उच्च प्रहरी स्रोतका अनुसार सुरक्षा गार्ड मात्र होइनन, बम पडकिएपछि एनसेलकै उच्च अधिकारीहरु प्रहरी सम्पर्कमा आउन नै चाहेका छैनन् । जसका कारण प्रहरीलाई अनुसन्धान गर्न समस्या परिरहेको छ ।

 

ललितपुर प्रहरीले एनसेलका सुरक्षा शाखाका प्रमुख महेन्द्र भट्टचनसँग वयान लिने तयारी गरेको छ । भट्टचन सशस्त्र प्रहरीबाट अवकाश प्राप्त डिआइजी हुन् । शुक्रबारराती प्रहरीले सर्च अभियान चलाएर थप ४ जनालाई पनि पक्राउ गरेको छ । बम विस्फोट गराएपछि त्यसको अनुसन्धानमा प्रहरीको ४ वटा टोली खटेको छ ।

 

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, महानगरीय अपराध महाशाखा, प्रहरीकै विशेष ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरले छुट्टाछुट्टै टोली खटाएको छ । शनिबार अदालत बन्द भएपछि प्रहरी अनुसन्धानमा कठिनाइ भएको प्रहरीले जनाएको छ । ब्यक्तिका कल डिटेल लिनका लागि प्रहरीले अदालतबाट अनुमति माग्नुपर्ने प्रावधान छ ।

 

बम विस्फोटमा परेर लमजुङका सिंहबहादुर गुरुङको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रतिक्षा खड्का र उरुषा मानन्धरको अस्पतालमा उपचार भइरहेको छ ।

 

 नेविसंघ झडपस्थलमा पत्रकारमाथि लाठीचार्ज

 

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघ दुई समूहबीच भएको झपडमा प्रत्रकार पनि घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार केवश सावदमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट पत्रकार सावदलाई चोट लागेको छ ।

 

आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवादपछि झपड भएको थियो । पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ । संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीत छ ।

 

दुई समूहबीच विवाद बढ्दै गएपछि ढुङ्गा हानाहान समेत भएको थियो । पार्टी कार्यालय पुगेका संस्थापन पक्षको ब्यानर निवर्तमान महामन्त्री कुन्दन काफ्ले समूहले च्यातिदिएपछि २ पक्षबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेको छ । निवर्तमान महामन्त्री काफ्ले निकट विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षले उमेर हदको विपक्षमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन र घेराबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । काफ्ले समूहले ३२ वर्ष मुनिको तदर्थ समिति गठनको माग गर्दै आइतबार बिहानैबाट नाराबाजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...