रबि लामिछानेसंग किन कुरा गरेको भन्दै अस्ट्रेलियामा अलपत्र परेका नेपाली नर्सलाइ ज्यान मार्ने धम्की



हाम्रो इकोनोमि

 

अस्ट्रेलियामा अलपत्रपरेका विद्यार्थीहहरु आफुहरु ठगिएको बारे रबि लामिछानेको सिधकुरा जनतासंग कार्यक्रममा बताएपछि उनीहरुलाई ज्यान मर्ने धम्कि आएको बताएका छन्।

अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएकाकुर उनीहरुले बताएका हुन । मिडियालाई भनेको र धेरैको ‘ब्रेनवास’ गरेको भन्दै आफू र आफ्नो परिवारलाई यस्तो धम्की आएको पीडित विद्यार्थीले बताएकी छिन् ।


‘कन्सल्टेन्सीहरूले नेपालबाट फल्स इन्फर्मेसन (गलत जानकारी) दिएर यहाँसम्म लिएर आइपुग्नुभयो । हामीले एआइबिटीको वेबसाइटमा हेर्दा पनि त्यहाँ पहिले अर्कै इन्फर्मेसन थियो । अहिले अर्कै इन्फर्मेसन छ ।

भिडियोमा देखिएकी एक विद्यार्थी भन्छिन, हुन त उहाँहरू हाम्रै फ्यामिली मेम्बरको कोही आफन्त हुनुहुँदो रहेछ । घरमा फोन गरेर तपाईंको छोरीले यस्तो गर्याे। तपाईंको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नुभयो । मलाई यस्तो थ्रेट आउँदा मलाईभन्दा मेरो बाबाआमालाई समस्या हुन्छ ।

मेरो कारणले मेरो बाबाआमालाई केही होस् भन्न म चाहन्नँ । मलाई मात्रै होइन, यहाँ भएका धेरै विद्यार्थीहरूलाई पर्सनल थ्रेट आउन थालेको कारणले प्लिज हाम्रो सेक्युरिटीको लागि म हजुर हरूलाई धेरै अनुरोध गर्छु ।’

अस्ट्रेलियाबाट सञ्चालित साउथ एसिया डटकम डट एयु समाचार पोर्टलका अनुसार एआइबिटी कुनै कलेज नभएर व्यवसायिक कोर्सहरू पढाउने निजी इन्टिच्युट हो ।

तर, नेपालका एक्सपर्ट, मर्सि, अल्फाबिटा लगायतका कन्सल्टेन्सी हरूले भने उक्त इन्टिच्युटलाइ व्यवसायिक कलेज भन्दै विद्यार्थीहरूलाई पठाएको उनिहरूले गुनासो गरेका छन् । हाल उनीहरुले अध्यन गर्दै गरेको तीन वर्षे डिप्लोमा नर्सिङ कोर्स कुनै विश्वविद्यालयको नभएको पाइएको छ ।

हालसालै सिधाकुरा जनतासँग भिडियो कुराकानीमा आएका उनीहरुले कलेजले तीन बर्से कोर्स दुई वर्षमै पुरा हुने र एक वर्षको क्रेडिट पनि पाउने भन्ने आश्वासन पाएको बताएका थिए । कुनै विश्वविद्यालयको सम्बन्धन नभएर नेपालमा छोटकरी सिपमूलक लालिम दिने जस्तै इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ ।

नेपालको सिटिभइभिटी कोर्स जस्तै अस्ट्रेलियाको भिइटी अथर्ता भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ कोर्स हुन्छन् । यस्तैगरि, विदेशी विद्यार्थीहरूको अध्ययनको लागी सिआरआइसिओएस अर्थात् ‘कमनवेल्थ रेजिस्टर अफ इन्टिच्युसन एन्ड कोर्सेस फर इन्टरनेसनल स्टुडेन्ट’ को पनि सम्बन्धन पाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...