सानेपा तनावग्रस्त, काँग्रेस कार्यकर्ताबीच ढुङ्गा हानाहान, प्रहरीद्वारा लाठीचार्ज



 

 

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समूहबीचको विवादले झडपको स्थिति निम्तिएको छ ।
नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान भएको हो । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ ।

 

पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ । संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीत रहेको छ ।

 

संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी उपसभाति विमलेन्द्र निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

 

शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । विद्यार्थी नेता समूह शाह समूह तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद ल्याउनैपर्ने अडानमा छ ।

 

आफूले भनेअनुसार नभए र सोहीअनुसार विधान कार्यान्वयन नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी नेता निरञ्जन थापाले चेतावनी दिएका छन् ।

 

नेविसंघको कार्यालय गएको माघमा सकिएको छ । कार्यकालभित्र निर्वाचन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । काँग्रेसको जारी केन्द्रीय समिति बैठकले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।

 

सर्वसाधारण जनतालाई मार पर्नेगरी ग्यासको भाउ बढाउन देउवाले ओलीलाई दिए यस्तो दवाब

 

कमिसन वृद्धि लगायतका माग पूरा नगरे बिक्री ठप्प पार्ने चेतावनीसहित सरकारलाई अल्टिमेटम दिएका ग्यास उद्योगीले राजनीतिक ‘लबिङ’ थालेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० बुँदे माग पूरा गर्न नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई १० दिने अल्टिमेटम दिएको थियो ।

 

त्यसको चौथो दिन आइतबार संघका पदाधिकारीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न पुगेका छन् ।
भेटमा उद्योगीहरुले समस्या समाधानका लागि देउवासमक्ष आग्रह गरेका छन् ।

 

जवाफमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्काल समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको संघका सचिव श्याम बुढाथोकीले जानकारी दिए ।

 

संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेतारवितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

यदि आˆना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा समेत गरेको छ ।  फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने संघको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही