ट्रम्पसँग वार्ता गर्न रेलमा चढेर भियतनामतर्फ लागे उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन !



हाम्रो इकोनोमि

 

उत्तर कोरियाका सर्वोच्च नेता तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि भियतनामतर्फ प्रस्थान गरेका छन् ।

नेता किम रेलमार्गबाट भियतनामको राजधानी हनोइ पुग्ने छन् । उत्तर कोरिया शीर्ष नेताहरुले विदेश भ्रमण जाँदा पहिले पनि आफ्नै रेलको प्रयोग गर्दै आएका छन् ।

किम ईल सुङ र किम जोङ इले पनि चीनको भ्रमण जाँदा रेलमार्गकै प्रयोग गर्ने गर्दथे । स्थानीय समयअनुसार कि जोङ उन शनिबार राति ९ बजे चीनको सीमावर्ती शहर डानडोङमा पुगेका छन् ।

ट्रम्प–किम शिखर सम्मेलन आगामी बुधबार र बिहीबार भियतनामको राजधानी होनईमा हुँदैछ । उनीहरुको बीचमा पहिलो शिखर सम्मेलन गतवर्ष सिंगापुरमा भएको थियो ।

किम आफ्नी बहिनी किम यो जङ र पूर्वजनरल किम योङ चोल तथा अन्य सहयोगीका साथ भियतनामतर्फ प्रस्थान गरेका हुन् ।

ट्रम्पले गएको सेप्टेम्बर महिनामा अमेरिकामा एक र्यालीलाई सम्बोधन गर्दै किम र आफू प्रेममा परेको बताएका थिए । साथै किमले आफूलाई सुन्दर पत्र पठाएको समेत जनाएका थिए ।

विगत लामो समय देखि दुष्मनीपूर्ण सम्बन्ध रहेका अमेरिका र किम जोङ उनको बीचमा सिंगापुर समिट भएपछि दुई देशको बीचमा सम्बन्ध सुधार भएको छ । किम र ट्रम्पको शिखर वार्ताले अमेरिका र कोरियाको बीचमा रहेको असमझदारी अन्त्य हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...