संकटमा फस्यो नेकपा एकीकरण, समानान्तर प्रतिबेदन बुझाउँने तयारीमा पाँच भाई



 

स्थायी कमिटीले बनाएको संगठनात्मक एकीकरण कार्यदल भंग भएपछि नेकपाको एकतामा संकट र विवाद देखा परेको छ । शुक्रवारको सचिवालय बैठकले कार्यदल भंग गरेपछि असन्तुष्ट बहुमत सदस्यहरुले समानान्तर प्रतिबेदन बुझाउने तयारी गरेका छन् ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र कार्यदलका सदस्य तथा पार्टी महासचिव बिष्णु पौडलका कारण कार्यदलले काम गर्न नसकेको भन्दै पाँच जना कार्यदलका सदस्यले छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका छन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने समानान्तर प्रतिबेदन बुझन मानेनन् ।

शनिवार समानान्तर प्रतिवेदन बुझाउने भन्दै पाँच जना कार्यदलका सदस्यहरुले अध्यक्ष ओलीको समय मागेका थिए । अध्यक्षले समय पनि दिएका थिए । तर शनिवार ब्यस्त भएको कारण देखाउँदै कार्यदलका सदस्यहरुलाई ओलीले भेटेनन् । शनिवार भेट नदिएका ओलीले अर्काे समय पनि दिएका छैनन् ।

‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त भएको खवर आयो’ कार्यदलका सदस्य लेखराज भट्टले भने, ‘उहाँले समय दिनुभयो भने आइतबार बुझाउँछौँ ।’ समानान्तर प्रतिवेदन योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले तयार पारेका छन् ।

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले कार्यदलको समय थप नगरेपछि असन्तुष्ट बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादलले बुझाएको प्रतिवेदनको अर्को समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन् । उनीहरूले कार्यदल संयोजक थापा, अर्का सदस्य विष्णु पौडेल र अध्यक्ष केपी ओलीले कार्यदललाई काम गर्नै नदिएर काम गर्न नसकेको आरोप लगाउँदै कार्यदल भंग गरेको आरोप लगाएका छन् ।

नौ सदस्यीय कार्यदलमा थापा र पौडेलसहित योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, शंकर पोखरेल, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ सदस्य थिए । शुक्रबारको सचिवालय बैठकले कार्यदल विघटन गरेर पार्टी एकीकरणको बाँकी काम सचिवालयबाटै गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी

गौशालामा काठमाडौं महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचना भत्काएको छ ।आज डोजरसहित पुगेको

बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई

हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही