दारी भाइको चियापसल : परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो



हाम्रो इकोनोमि

 

 

सडक छेउमै राखिएको साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल।

त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’डिपार्टमेन्ट स्टोरसँगै जोडिएको छ, चियापसल। हावा छेकोस् भनेर एक छेउमा फ्लेक्स पेपर टाँगिएको छ।

अन्त उदांगै। ग्राहकको सुविधालाई ध्यान दिँदै ६, ७ वटा कुर्सीको व्यवस्था गरिएको छ। एउटा टेबल छ। एउटा पुरानो ग्यास चुलो छ। एक छेउमा नेपालको राष्ट्रिय झण्डा ठड्याइएको छ।फ्लेक्स भित्तामा निलो मसीले लेखिएको छ, ‘म उद्यमशीलताको विकास गरी देशलाई सघाउँछु।

खाली छैन यहाँ, बिहान उठी चिया खुवाई देशका युवा जगाउँछु।’अनेकौं भनाइले भरिएको छ, चिया पसलको भित्ता। एक ठाउँमा लेखिएको छ– ‘लाइटिङ अ सिग्रेट अन फायर इज सिम्प्ली प्रोटेस्ट अनइम्प्लोइमेन्ट रादर देन बर्निङ अ टायर।’

टायर बाल्नुभन्दा एउटा चुरोट सल्काउनु बेरोजगारीको विरोध गर्नु हो। सँगै लेख्न छुटाइएको छैन– ‘वि डन्ट प्रमोट स्मोकिङ’(हामी चुरोट सेवनलाई प्रोत्साहन गर्दैनौं)।’यो दृश्य हो, दारीभाइको चिया पसलको।

काठमाडौं बानेश्वरनेरैको शान्तीनगर चोकबाट करिब १० मिनेट हिँडेपछि पुगिन्छ, दारीभाइको चिया पसल।

दारीभाइ हुन् राजेश रेग्मी।बिहान ५ बजे नै आइपुग्छन् उनी। अनि शुरु हुन्छ चियासँगको संगत। कहिलेकाहीँ तीब्बती परिकार ‘लाफिङ्ग’ पनि बनाउँछन्। राती १० बजे पसल बन्द हुन्छ।

‘बिहान त सबेरै चिया खाने नेपालीको बानी नै छ। राती पनि चिया खान आ उँछन्। मान्छे आउन्जेलसम्म पसल खोल्छु।’, रातीसम्म चियापसल खोल्नुको कारण खोल्छन् उनी।दारीभाईको दैनिकी यत्ति हो।

क्यालेण्डरमा कतै पनि रातो मसि पोतिएको छैन। हप्ताका पुरै दिन खुला हुन्छ उनको चिया पसल।मसला हालेको मिल्क टि, सामा न्य मिल्क टि, सामान्य ब्ल्याक टि, मसला हालेको ब्ल्याक टि, बाजुरी टि।

उनको भित्ते मेनुमा विवरण उल्लेख छ। ‘चियाको दाम अरु ठाउँभन्दा सस्तो पनि छ। मसला हालेको दुध चिया २० रुपैयाँमा दिन्छु। सामान्य दुध हालको चिया खानु भयो भने त १५ रुपैयाँ मै आउँछ।

सामान्य कालो चियाको १० रुपैयाँ।मसला हाल्दा १५’चियाशुल्क बारे प्रष्टोक्ती छ उनको।‘काठमाडौंका चिया पसलेहरुले त ब्रम्हलुट मच्चाइरहेका छन्। जथाभावी पैसा लिन्छन्।

सामान्य मान्छेले त चिया खान पनि मुस्किल भइसक्यो’, आरोप पनि लगाउन भ्याइहाल्छन् उनी।पसलको खर्च (कष्ट) दैनिक ७ सय रुपैयाँजति उठ्ने ब ताउँछन्।

आम्दानी(इन्कम) हजार रुपैयाँ भन्दा कम भएको छैन हिँजोआज। महिनामा ५ हजार भाडा तिनुपर्छ।

त्यसवापत ठाउँमात्र हैन, बस्ने कुर्सी पनि सित्तैमा पाएका छन्।चिया पसल धेरैका लागि महत्वाकांक्षी व्यवसाय अवश्य होइन।

तर यही चिया पसलसम्म आइपुग्न ला मो र कठिन यात्रा हिँडेका छन् रेग्मीले। धेरैले ठान्नेजस्तो सपनाको शहर थिएन काठमाडौं उनका लागि।

४ वर्षको हुँदा रेग्मी बाजुराबाट काठमाडौं ल्याइएका थिए।कसरी काठमाडौं आएँ, कसले ल्यायो, किन ल्यायो धेरैपछिसम्म थाहा पाएनन् उनले। ‘त्यतिबेलाको कुरा मलाई केही नै थाहा छैन।

’स्मृतिमै कैद नभएका दिन सुनाउँछन् उनी, ‘मलाई पढाउन काठमाडौं लगेको भनेर धेरै पछि आमाले सुनाउनुभयो।यहाँ मेरिल्याण्ड स्कुलमा बोर्डस गरिदिएर बुवा घर फर्किनु भएको रे। गाउँमा पढाइ राम्रो थिएन रे।’

५ कक्षासम्म उनले मेरिल्याण्ड स्कुलमै पढे। ६ कक्षा काठमाडौंकै सैपाल एकेडेमीमा पढे।७ कक्षा पढ्न गाउँतिर लागे।गाउँबाटै एसएलसी पास गरेर उनी फेरि काठमाडौं फर्किए।

त्यसपछि एसिएन इन्जिनियरिङ कलेजमा भर्ना भए। डिप्लोमा सके।डिप्लोमा सकेर उनले कन्सल्टेन्सीमा काम गरे। काम खासै चित्त बुझ्दो भएन।केही महिनामै जागिर छाडिदिए।

हुँदाखाँदाको जागिर छाडेपछि बेरोजगार नबनेर के बन्नु?पैसा छैन, काम पनि छैन। घरबाट आमाले बेलाबेला पैसा पठाइदिन्थिन्, त्यसैले खर्च धान्थे। ‘जागिर नभएपछि आमाले यो दशैंमा घर आइज भन्नु भएको थियो। घर नगएको पनि २ वर्ष भइसकेको थियो,’ उ नले भने, ‘घर आउँदिन भनेर आमालाई भन्दिएँ। अझै ३ वर्ष घर जाँदिन।’घरप्रति खासै मोह छैन उनको। मोह मात्र होइन लगाव नै छैन। भन्छन्, ‘परिवारको सम्झना नै आउँदैन। फोन पनि २–३ महिनामा एकपटक गर्छु।’ भनिन्छ, आवश्यकता आविष्कारको जननी हो। रोजगारीको आवश्यकताले चियापसलको आविष्कार गरिदियो।

यो आविष्कार पनि संयोगले भएको थियो।२ महिना पहिले छेवैको कोठाकी एक महिलालेमम पसल चलाउनेबारे उनीसँग सल्लाह गरिन्। रेग्मीले आफूले पनि सघाइदिने आश्वासन दिए। अहिले ‘दारीभाइको चिया पसल’ भएकै ठाउँमा ति महिलाले खाजा पसल खो लि न्। रेग्मीले दिउँसो–दिउँसो उनलाई सघाइदिन थाले। ‘दिउँसो त मैले त्यो दिदीलाई काम सघाइदिएँ। बिहानको समय त खाली नै थिएँ,’ उनले भने, ‘बिहान ५ देखी ९ बजेसम्म मैले त्यही ठाउँमा चिया बेच्ने योजना बनाएँ। बिहानको समय किन सुतेर बिताउँ ? ‘दु ई–चार पैसा’ भएपनि आम्दानी हुन्छ।’चिया बनाउनमा खप्पीस नै थिए, रेग्मी।

मावि तह पढ्न घर गएका बेला चिया पकाउन सिकेका थिए।दुधमा कति पानी हाल्ने, चिनी–चियापत्ती कति हाल्ने, कतिबेर उमाल्ने, उनलाई थाहै थियो। ‘मलाई चिया पकाउन आमाले सिकाउनु भएको,’ उनले भने।चिया बेच्ने योजना बनाएपनि रेग्मीसँग पैसा थि एन। दुध किन्नुपर्याे। चिनीचियापत्तिमा लगानी गर्नुपर्याे। ठाउँको भाडा तिनुपर्याे। गिलास किन्नुपर्याे। ग्यासको पैसा जोडियो।पसल छेउमै टाँसिएको डिपार्टमेन्ट स्टोरले उनलाई २ पोका दुध, एक किलो चिनी, एक पोका चियापत्ती अधारोमा दिने भयो। अभाव थियो ग्याँ सको। उनको कोठामा २ वटा ग्यास सिलिण्डर थियो।

एउटा सिलिण्डर पसलमा ल्याए। चुलोपनि बिहानै कोठाबाट आउँदा बोरामा हालेर ल्याउँथे। बिहान ९ बजे घर फर्किदा साथै लिएर जान्थे। ‘कोठामा गएर त्यही चुलोमा भात पकाएर खान्थेँ,’ उनी विगत रिभिजीट गर्छन्।एक–डेढ हप्ता नबित्दै सँगै काम थालेकी महि लाले पसल छाडिन्। त्यसपछि रेग्मीले बिहानदखी बेलुकासम्मै चिया बेच्न थाले। अहिले त्यही चियापसलले जीवनप्रति आशा जगाइदिएको छ।काम गर्ने हो भने देशमा प्रशस्तै सम्भावना देख्छन्, रेग्मी। भन्छन्, ‘रोजगार देशका बेरोजगार युवा हौँ हामी।’ विदेश नजाने त उनको प्रण नै छ।

जस्तोसुकै काम भएपनि देशभित्रै गर्न उनी प्रतिबद्ध छन्।‘यहाँ मान्छे लाजले काम गर्दैनन्’, उनी भन्छन्, ‘लाज छाडेर कामगर्ने हो भने जहीँतहीँ पैसा छ।’यत्ति हो, मेहनत गर्नुपर्यो। लाज मान्नु भएन। त्यसैले त बिहानदेखि बेलुकासम्म काममा लागिपर्छन् उनी। घुम घाम, मोजमस्ती,रंगरमाइलो, फुक्काफाल जिन्दगी – यी सब उनको डिक्सनरीबाट फेजआउट भइसके। काम, काम अनि काम। यसैमा मस्त छन् उनी।अनि जिन्दगीमा रमाइलो चाहिँदैन? प्रश्नको जवाफ दिन्छन् – ‘४० कटेसी रमाउँला…..।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...