विप्लवले लियाे एनसेल आक्रमणको जिम्मा



हाम्रो इकोनोमि

 

शुक्रबार राति देशका विभिन्न भूभागमा एनसेल टावरमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वले जिम्मा लिएको छ । घटना भएको तेस्रो दिन आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीले एनसेलमाथि देशैभर कारबाही गरेको स्वीकारेको छ ।

 

विप्लव नेतृत्वको माओवादी समूहको आधिकारिक अनलाइन रातो खबर डटकममा समाचार प्रकाशित गर्दै एनसेल आक्रमणको जिम्मा लिइएको हो ।

 

पार्टीले यसअघि एनसेलमाथि ७३ अर्ब रुपैयाँभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णय पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवालाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले यसअघिदेखि नै निरन्तर आक्रमण गर्दै आएको थियो ।

 

यसैक्रममा फागुन १० गते पनि देशैभरि कारबाही गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । त्यही क्रममा ललितपुरमा भएको दुःखद् घटनालाई लिएर पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र यो दुर्घटनामा पार्टी पङ्क्ति दुःखित भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...