विप्लवले लियाे एनसेल आक्रमणको जिम्मा



हाम्रो इकोनोमि

 

शुक्रबार राति देशका विभिन्न भूभागमा एनसेल टावरमाथि भएको आक्रमणको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वले जिम्मा लिएको छ । घटना भएको तेस्रो दिन आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीले एनसेलमाथि देशैभर कारबाही गरेको स्वीकारेको छ ।

 

विप्लव नेतृत्वको माओवादी समूहको आधिकारिक अनलाइन रातो खबर डटकममा समाचार प्रकाशित गर्दै एनसेल आक्रमणको जिम्मा लिइएको हो ।

 

पार्टीले यसअघि एनसेलमाथि ७३ अर्ब रुपैयाँभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णय पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवालाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले यसअघिदेखि नै निरन्तर आक्रमण गर्दै आएको थियो ।

 

यसैक्रममा फागुन १० गते पनि देशैभरि कारबाही गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । त्यही क्रममा ललितपुरमा भएको दुःखद् घटनालाई लिएर पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र यो दुर्घटनामा पार्टी पङ्क्ति दुःखित भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...