अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का गम्भीर घाइते



हाम्रो इकोनोमि

 

अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो। गत बिहीबार राति साढे ११ बजेतिरको घटना हो। उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए।

 

गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइते बानियाँकाे भने नेपालकाे ठेगाना खुलेकाे छैन।

 

त्यहाँको प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलको विवाद भएको बुझिएको छ। ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ। मृतक घलेका बुबा-आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिंगापुरमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...