राजपाका केन्द्रीय नेता ७८ लाखको घुसको भरिया !



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् ।

यसैसाता राजीनामा दिइएका निवर्तमान आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने समूहसँग ७८ लाख घुस लिएका थिए । लामो समयसम्म चलेको बार्गेनिङ नमिलेपछि हालै मात्र घुसकाण्डका भिडियो फुटेजहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।

अनलाइनखबरले प्राप्त गरेको एउटा भिडियोमा राजनारायणले घुसकाण्डका भिडियो फुटेजहरु हत्याउन माओवादी कार्यकर्तालाई प्रयोग गरेको खुलेको थियो ।

अर्को खुलासा भएको छ, लम्बोदर समूहबाट रकम लिन राजनारायणले राजपाका नेतालाई प्रयोग गरेका थिए । उनी थिए, राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा ।

अनलाइनखबरको सम्पर्कमा आएका राजपा नेता झाले राजनारायणलाई दुई पटक गरेर ७८ लाख बुझाएको स्वीकार गरेका छन् । उनले अनलाइनखबरसँग भने, राजनारायणले मलाई प्रयोग गरेका हुन् ।’

राजपा नेता ज्ञानेन्द्र झासँग गरिएको संक्षिप्त कुराकानी-

तपाई राजनारायण पाठकलाई चिन्नुहुन्छ ?

चिन्छु । पहिला उनका भाइलाई चिनेको हुँ । त्यसपछि उहाँसँग पनि चिनजान भयो ।

पाठकको घुसकाण्ड सम्बन्धी अडियो, भिडियो फुटेजहरुमा भनिएको ज्ञानेन्द्र झा तपाई नै हो ?

हो । राजनारायणले मलाई प्रयोग गर्‍यो ।

कसरी ?

उनले मलाई पैसा ल्याइदिन भने । राजनारायणको प्रेसरमा परेँ र मैले नै पैसा लगिदिएको हुँ ।

कहाँ लगिदिनुभयो पैसा ?

दुईपटक मैले उहाँको घरमै लगेर पैसा दिएको हुँ ।

तपाई राजनीतिक नेता हुनुहुन्छ, तपाईलाई घुस लिनेसँगै दिने पनि दोषी हुन्छ भन्ने थाहा छैन भनेर त कसरी भन्नु ?

मलाई युज गरेको हो । राजनारायणका भाइ पूर्वाञ्चलका डीन थिए । हामीले एउटा कलेज चलाउन खोजेका थियौं । सम्बन्धन दिलाइदिन्छु भनेपछि मैले काम गरें ।

भनेपछि तपाई आफ्नो गलत काम गराउन घुसको रकमको भरिया बन्नुभयो ?

सहयोग मात्र गरेको हो । हाम्रो व्यवहारमा त सहयोग चलिहाल्छ नि ।

तर, घुस दिने मान्छे पनि लिनेसरह दोषी हुन्छ । मैले नगर्नुपर्ने काम गरेँ भन्ने लाग्दैन ?

म भ्रष्टाचार विरोधी अभियन्ता हुँ । उसका बारेमा सरकारलाई सबै कुरा भनेको छु ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...