नोकरी ठुलो कि व्यापार ? समोसावालाको कुरा सुनेर एक म्यानेजर चुपचाप भए



 

कुनै एउटा ठूलो कम्पनीको गेटको सामुन्नेमा एउटा प्रशिद्ध समोसाको पसल थियो । लन्चको समयमा अक्सर कर्मचारीहरु त्यहाँ गएर समोसा खाने गर्थे ।

एकदिन कम्पनीको एक म्यानेजरले समोसा खाँदा खाँदै समोसा बेच्ने व्यापारीसंग ख्याल ख्याल ठट्टाको मुडमा आएर बहश गर्न थाले ।म्यानेजर साहबले समोसासंग सित भने ‘यार !

महेश्वर, तिमीले आफ्नो पसल धेरै राम्रोसंग मेन्टेन गरेको छौ तर के तिमीलाई लाग्दैन कि तिमी आफ्नो समय र ट्यालेन्ट समोसा बेचेर बर्बाद गरिरहेका छौ ? सोच यदि तिमी म जस्तै यो कम्पनीमा काम गरीरहेको हुन्थ्यौ भने आज कहाँ हुन्थ्यौ, हुन सक्थ्यो आज तिमीपनि म जस्तै म्यानेजर हुनेनै थियौ ।

यो कुरा सुनेर समोसावलले धेरै सोचेर मात्रै जवाफ फर्काए ‘सर ! यो मेरो काम तपाईको काम भन्दा धेरै गुणा राम्रो छ , १० वर्ष पहिला म जब टोकरीमा समोसा बेच्ने गर्थे त्यतिबेला देखिनै तपाइको नोकरी लागेको थियो । त्यतिबेला म महिनाको एक हजार रुपै या कमाउथे तपाइको तलब १० हजार थियो । गएको १० बर्ष भित्रमा हामी दुवै जनाले धेरै मेहनत गर्यौ ।तपाईं सुपरभाइजरबाट मेनेजर बन्नुभयो र म त्यो टोकरीमा समोसा बेच्दा बेच्दै प्रसिद्ध पसल सम्म आइपुगे । आज तपाईं महिनाको ४० हजार कमाउनु हुन्छ र म महिनाको डेढ लाख , तर यो कुराको कारणले मैले आफ्नो कामलाई राम्रो भनिरहेको छुइन, यो त म बच्चाहरुको कारणले भनिरहेको छु ।

अलिकती सोच्नुस ! मैले यो काम धेरै कम कमाइबाट काम शुरु गरेको थिए , तर मेरो बच्चाहरुलाई यो सब झेल्नुपर्दैन ।मेरो पसल मेरो छोराहरुलाई मिल्नेछ , मैले जिन्दगीमा जुन मेहनत गरेको छु त्यसको लाभ मेरो बच्चाहरु ले उठाउनेछन । जबकी तपाइको जिन्दगीभर को मेहनत को लाभ तपाइको मालिकका बच्चाहरुले उठाउनेछ ।अब तपाइले आफ्नो बच्चाहरुलाई सिधै आफ्नो पोस्टमा ल्याएर राख्न सक्नुहुन्न , उसलाई पनि तपाई जस्तै जिरोबाट शुरु गर्नुपर्नेहुन्छ र आफ्नो कार्यकालको अन्त्यमा त्यही पुग्नेछ जहाँ अहिले तपाईं हुनुहुन्छ , जबकी मेरो छोराले बिजनेशलाई यहाँबाट माथी अझै लिएर जानेछ र आफ्नो कार्यकालमा हामी सबैभन्दा अगाडि निस्किएको हुनेछ ।

म्यानेजर सर ले समोसा बेच्नेलाई दुई समोसा को ३० रुपैया दिए र केही नबोली त्यहा बाट चुपचाप निस्किए ।यसर्थ मित्रजनहरु , जसलाई आफ्नो “काम” मा भरोसा हुन्छ उसले नोकरी गर्दछ तर जसलाई “आफुमा” भरोसा हुन्छ त्यसले व्यापार गर्दछ । अरुको कामबाट स्वतन्त्रता कहिल्यै मिल्दैन, अरुबाट परिचालित हुनुपर्ने हुन्छ, कहिल्यै रचनात्मक (क्रीएटिभ) बन्न सकिँदैन हमेशा रिपिटिएटिभ भएर समय र उमेरलाई बर्बाद गरीरहेको हुन्छ । आउनुहोस हामी सबै मिलि देशलाई समृद्ध बनाउनु छ। काम खोज्ने होइन का म दिने बनौं। जय नेपाल।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको