यीनिसंग बिहे गरेर अस्ट्रेलिया जान इच्छुक कोइ हुनुन्छ भने सम्पर्क गर्नुहोस् (हेर्नुहोस पुरा समाचार )
अस्ट्रेलिया जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस्! म साधारण परिवार कि राजधानी आएर पढ्दै गरेकी सादा जीवन उच्च बिचार भएकाे एउटा गाउकाे केटी हु ।
मेराे घर पूर्वको धनकुटामा पर्दछ ।हाल म काठमाणडाैमा बसाेबास गर्दै छु म काठमाणडाैमा पढदैछु ब्याचलर सकेकी छु ।
मेराे पढाइकाे विषय मेनेजमन्ट हो। त्यसकारणा परिवारको अवस्था अनि साथीहरूको सल्लाह अनुसार मैले अस्ट्रेलिया जानको लागि केही कक्षा लिए फलस्वरूप म सफल भए तर अब मलाई अस्ट्रेलिया जान चाहिने लागत छैन त्यसैले यदि तपाईं म र तपाईं आफ्नो लगानी लगाएर मसँग अस्ट्रेलिया जान इच्छुक भए सम्पर्क गर्नुहोला मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे ।shitalnews.com बाट
शौर्यता र साहसकी देवी गुह्येश्वरीको उत्पत्ति तथा महिमा को बारेमा केहिजान्कारी !! जानुहोस
आनन्द अमृत, काठमाण्डौं । नेपालका विभिन्न शक्ति पिठमध्ये गुह्येश्वरीलाई नेपाल राष्ट्रको गौरव, शौर्यता र साहस प्रदान गर्ने भगवतीको रुपमा गुह्येश्वरीको पूजा गरिन्छ ।
काठमाडौं उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ । सतीदेवीको गुह्य पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले यीनको नाम गुह्येश्वरी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।
यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा तथा आराधना गरेको जनविश्वास छ । घटस्थापनादेखि नै गुह्येश्वरीमा विशेष पूजा आराधना गरिन्छ । यहाँ देवीहरूको कुनै मूर्ति छैन ।
सतीदेवीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन् ।
यो शक्तिपीठ पुराणमा वर्णित ५१ शक्तिपीठमध्ये एक भएकोले सारा संसार का हिन्दु धर्मालम्बीहरूको लागि विशेष पुजनीय स्थलको रुपमा रहेको छ ।
पुराणका अनुसार यहाँ सतीदेवीको दुई घुडा पतन भएको वर्णन गरिएको छ भने स्थानीय लोक विश्वास अनुसार सतीदेवीको योनी पतन भएको किम्बदन्ति रहेको छ्र ।
तन्त्रविद्यमा शिवशक्ति वा भैरव भैरवीको क्रीडास्थलका रूपमा नेपालमा ५१ भैरव र भैरवीको बास रहेको विश्वास गरिन्छ । डी.सी. सरकारले कुब्जिका तन्त्र, तन्त्र चूडामणि, वृहन्नीलतन्त्र, पीठ निर्णय (महापीठ निरूपण) आदि प्राचीन तन्त्रशास्त्रका आधारमा नेपाललाई शाक्त-उपासनाका केन्द्र मानेको छ ।
त्यस्तै, देवी भागवतले नेपाललाई ‘गुह्यकाल्या महास्थान नेपाले यत प्रतिष्ठितम्’ भनेर ’शक्तितीर्थ’ का महान् स्थल मानेको छ । पाशुपत क्षेत्रमा अवस्थित यसपीठलाई ‘उत्तराम्नाय’ की नायिका मानिन्छ ।
अथर्ववेदका छ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुह्योपनिषद्ले गर्दै गृह्येश्वरीको वासस्थललाई ‘शाक्ततीर्थ’ मानेको छ ।
महांकालसंहिताको कालीखण्डमा गुह्येकालीको १८ मन्त्र र १८ विग्रहको उल्लेख पाइन्छ । यसको विभेद मूर्ति तथा चित्रकलामा एघार प्रकारबाट क्रमशः एक, दुई, तीन, पाँच, दस, बीस, एक्काइस, छत्तीस, साठी, अस्सी र सय टाउका भएको गुह्येकालीको चित्रमा महांकाल संहितामा छ ।
तन्त्र र पुराणमा गुहृयश्वरी पीठलाई एवं हिन्दू परम्पराअनुसार वर्णन गरिएको छ । दुवै मत भगवती गुह्येश्वरीलाई नीलवर्णमा, नीलाम्बर स्वरूपमा तथा कलशको प्रतीकात्मक प्रतिबिम्बमा आस्था पोखेको पाइन्छ ।
बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड (नेपाल महात्म्यमा)मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुह्येपतन भएको श्लेष्मान्तक वनमा भगवती गुह्येश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ ।
परम्पराअनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो पछि प्रताप मल्ल (ने.सं. ७६२-७९४) का समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुह्येदेवीको यस स्थानमा दर्शन पाएर पूजा-उपासना गरेको वर्णन पाइन्छ ।
विश्वनाथ उपाध्याय भट्टले गुह्येश्वरीको स्वरूपलाई कुण्डमय एवम् सत्तलयुक्त बनाउने अभिभारा लम्वकर्ण भट्ट (लक्ष्मीनारायण भट्ट) लाई दिएको छ । भाषा वंशावलीले भने यसको प्रादुर्भाव कुनै बोडेका (खोकना) तेली (साल्मी)ले यस स्थानमा दर्शन पाएको कुरा उल्लिखित छ ।
प्रायः सबै जसो कथनले पाशुपत क्षेत्रको एक गुह्येश्वरी तथा स्वयम्भू क्षेत्रको समेत गरी प्राचीन दुई गुह्येश्वरी पीठ नेपाल मण्डलमा रहेको पुष्टि गर्छ । स्वयम्भू पुराणले पुरानो गुह्येश्वरी (हाल बालाजु, फूलबारीमा अवस्थित) लाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ । नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा महायान बज्रयानी-कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप भू) गर्भमुनिको पानी वा सृष्टिदेखि कै पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ । वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुह्येश्वरीका प्रतीक मानेर पुज्ने संस्कृति छ ।
तन्त्र र पुराणको प्रतिकका रुपमा शिवशक्ति नेपालमा शिवशक्तिका एकात्म्यलाई तन्त्र तथा पुराणहरूमा प्रतीक तथा मूर्त स्वरूपले विवेचना गरेको पाइन्छ । यसअनुसार गुह्येश्वरी मध्यकालदेखि दिव्यश्वरीका रूपमा भक्तपुर लोकन्थली, काठमाडौँ विशालबजारको (महालक्ष्मी मन्दिर परिसरको उत्तरपश्चिम कुनामा) न्युरोडमा पनि स्थापना गरिएको छ ।
गुह्येश्वरी स्कन्दपुराणको केदारखण्डमा वर्णन गरिएझै सतीदेवीको गुह्येस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम ’गुह्यक’ नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई ’गुह्येश्वरी’ भन्ने गरेको अर्को मत पनि छ ।
त्यस्तै यो तन्त्रले मूलाधार चक्र संरक्षिका भैदिनाले यिनीलाई गुह्येश्वरी भनेको र ’गुह्या’ शक्तिका नामले चिनिने स्त्री, पुरुष र नपुंसकसमेतबाट वन्दनीय ’काली’ स्वरूपमा यिनलाई ’गुह्य काली’ समेत भनिन्छ । तसर्थ, दश महाविद्या परम्परामा यिनीको नाम सर्वप्रथम आउँछ, । काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातङ्गी र कमला ।
पाथीभरा, ताप्लेजुङ ताप्लेजुङ जिल्लामा पाथीभरा भगवतीको शक्तिपीठ रहेको छ । पाथीभरा देवी भनेर कुनै आध्यात्मिक ग्रन्थहरूमा उल्लेख नगरिए पनि अन्नपूर्णालाई नै पाथीभरा भनिएको बुझिन्छ ।
नेपालमा यस्ता अनेकौं देवीदेवताका स्थानहरू छन्, जो नेपालीमा नामकरण भएको हुँदा धार्मिक ग्रन्थहरूमा देवीदेवताका ती नामहरू भेटिँदैनन् ।
यस्ता तीर्थस्थल वा देवीदेवताका नामहरू शास्त्रमा उल्लेख गर्नुभन्दा पछि फेला परेका अथवा मौलिक नेपाली नामकरण भएका हुनसक्छन् । भगवतीको एक नाम अन्नपूर्णा पनि हो । ‘अन्न’सँग ‘पाथी’को सम्बन्ध भएको र ‘पूर्णा’ अर्थात् ‘भरिएको’ अर्थ हुने हुँदा ‘अन्नपूर्णा’लाई नै ‘पाथीभरा’ भनिएको हो ।
केही अरु शक्तिपीठ नुवाकोटकी जाल्पादेवी, सल्यानकी कमलाक्षी, म्याग्दी गलेश्वरकी गलेश्वरी, सल्यानकी श्री छत्रेश्वरी, दैलेखकी जाल्पादेवी, बैतडीकी देवलहाट भगवती,
अछाममा गजरादेवी, बाजुराकी मालिकादेवी, लम्जुङी कालिकादेवी, कालीकोटकी बढीमालिका, डोल्पाकी आदिवाला त्रिपुरासुन्दरी, दैलेखकी ज्वालादेवी,
सल्यानकी भुवनेश्वरी देवी, बाग्लुङकी देवी भगवती, इलाम माइपोखरीकी नवदुर्गा, अर्घाखाँचीकी भगवती, नवलपरासी त्रिवेणीमा अवस्थित भगवती, झापाकी कन्काई भगवती, प्युठान स्वर्गद्वारीकी भगवती, तनहुँ दमौलीकी छाब्दीबाराही,
फेवातालकी तालवाराही भगवती, पर्साकी विन्ध्यवासिनी, गाईघाटमा सिंहवाहिनी भगवती, कटारीकी नवदुर्गा भगवती, सप्तरीकी भगवती कंकालिनी, छिन्नमस्ता शक्तिपीठ,
विराटनगरकी भगवती महाकाली, इलाम कर्फाेककी पञ्चकन्या, सोलुकी पञ्चकुमारी, हुलुकी हुलुदेवी, डडेल्धुराकी भगवती उग्रतारा, नवलपरासीकी मौलाकालिका, तानसेन पाल्पाकी भगवती,
उपत्यकाभित्र प्रसिद्ध तलेजु भगवती, मैतीदेवी, शोभाभगवती, भद्रकाली, नक्साल भगवती, अन्नपूर्ण, संकटादेवी, बज्रयोगिनी, बज्रवाराही, वत्सलेश्वरी, गोरखकाली, भुवनेश्वरी, त्रिपुरासुन्दरी, महालक्ष्मी,
बगलामुखी, विजयेश्वरी, चण्डेश्वरी, कालिञ्चोक भगवती, सिहंवाहिनी, वनकाली, जयवागीश्वरी, राजराजेश्वरी, नारायणी, विश्वेश्वरी, मनमैजु भगवती, तुलजा भवानी, भाटभटेनी भगवती, रक्तकाली, श्वेतकाली,
ज्वालादेवी, दिग्तुलजा, हारती माता, हरिसद्धि भगवती, ज्ञानेश्वरी, पूर्णचण्डी, स्मशानेश्वरी, अष्टमातृका, धुमावती आदि पर्छन् । दसैंमा यी शक्तिपीठहरूमा भक्तजनहरूको विशेष उपस्थिति रहने गर्छ ।