पार्टी एकीकरणका लागि बनेको नेकपा कार्यदल विघटन



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले गठन गरेको कार्यदल भङ्ग गरिएको छ ।

शुक्रबारको सचिवालय वैठकले कार्यदल विघटन गरेको हो ।

शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयले नै गृहकार्य गर्ने प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

‘एकीकरणका जति पनि काम वाँकी छन्, ती सबैमा सचिवालयले गृहकार्य गरेर प्रस्ताव तयार गर्छ । त्यो प्रस्ताव स्थायी कमिटीमा पेश गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भयो ।’

पुस १३ बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट थियो । कार्यदलको कामप्रति प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहँदै आएका थिए ।

हिजो मात्र बसेको स्थायी कमिटी वैठकमा अध्यक्ष ओलीले कार्यदल विघटनको प्रस्ताव अघि सारेका थिए । यता कार्यदलले भने विभिन्न कारणले पार्टी एकीकरणका लागि आवश्यक प्रस्ताव तयार गर्न नसकिएको जानकारी गराउँदै एक साताको म्याद मागेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...