विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू फोन अफ गरेर बेपत्ता



हाम्रो इकोनोमि

 

 

मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ ।

एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् ।

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गलत क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् । नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियामा एक्सपोर्ट, अल्फाबिटा, कंगारुका लोकल कन्सल्टेन्सी सञ्चालित छन् । स्रोतका अनुसार अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने भएपछि समस्यामा परेका विद्यार्थीलाई नेपालका कन्सल्टेन्सीको बद्नाम गर्न खोजिएको हो ।

अहिले एक्सपोर्टका बद्री अर्याल र सञ्जीव अधिकारी, मर्सीका राम टण्डन, इम्पल्सका सन्दीप अर्याललगायतका कन्सल्टेन्सी सञ्चालक अस्ट्रेलिया पुगेका छन् । कोही समस्यामा परेका विद्यार्थीको उद्धार गर्न त कोही अर्को कलेजमा ट्रान्सफर गर्न अस्ट्रेलिया पुगेको बताइन्छ । केही कन्सल्टेन्सीका सञ्चालक भारतस्थित अस्ट्रेलियन हाइ कमिसन पुगेका छन् ।

एआईबीटीमा नर्सिङ विषयमा अध्ययन गरिरहेका ७ सय ४३ जना विद्यार्थी मात्रै समस्यामा परेको जानकारी गराउँदै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले सबै विद्यार्थीको समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले अस्ट्रेलियामा अध्ययन गर्ने सबै विद्यार्थीको ट्युसन प्रोटेक्सन सर्भिस (टीपीएस) हुने भएकाले रकम नडुब्ने र क्रेडिट ट्रान्सफर हुने भएकाले अर्काे कलेजमा पढ्न पाउने जिकिर गर्नुभयो ।

मन्त्रालयद्वारा छानविन समिति गठन

एआईबीटीले बुधबार विज्ञप्ति जारी गरी ब्राइटन कलेजमा ट्रान्सफर गर्न सकिने जनाएको थियो । तर, अस्ट्रेलियन सरकारले ब्राइटनको विषयमा अध्ययन गरिरहेको छ । ब्राइटन एक्सपोर्टट कन्सल्टेन्सीको लगानीमा सञ्चालित कलेज भएको स्रोतले जनाएको छ । विद्यार्थीले प्रक्रिया पूरा गरेपछि दिल्लीस्थित अस्ट्रेलियन हाइ कमिसनले कलेजको बारेमा अध्ययन नै नगरी ती विद्यार्थीलाई भिसा दिएको थियो । एआईबीटीमा नर्सिङमा भर्ना हुन अहिले सयौ विद्यार्थीको भिसा दिल्लीस्थित हाइ कमिुन कार्यालयमा अड्किएको छ ।

ती विद्यार्थीको विषयमा शैक्षिक परामर्श संघले अध्ययन गरिरहेको छ । अस्ट्रेलियास्थित अस्ट्रेलियन स्किल क्वालिफिकेसन अथोरिटी (अस्वा) ले स्वीकृति दिएको एआईबीटीको अनुगमन गर्दा कानुनी प्रक्रिया नपुगेको भन्दै बन्द गराइदिएको हो । एआइबिटी अहिले कानुनी लडाइँ लड्ने तयारीमा रहेको छ । तर सो कलेजमा अध्यययन गर्न प्रक्रिया पूरा गरेका विद्यार्थीको अवस्था के हुने ? भन्ने विषयमा थप अन्योल भएको छ । एआईबीटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स, आईटी, एभिएसन, हेल्थ साइन्स, डेन्टल साइन्स र कम्युनिटी सर्भिस र नर्सिङ विषयमा अध्यापन हुन्छ ।

सो कलेजमा विभिन्न मुलुकका करिब ५० हजार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । सिड्नी र विस्बन, ताजमनिया स्टेटको हवोर्डमा समेत कलेज सञ्चालन गरेको एआईबीटीमा नर्सिङबाहेक अन्य विषयमा अध्ययन गर्न समस्या नभएको इक्यानको भनाइ छ । नेपालबाट गएका विद्यार्थी सो कलेजमा सञ्चालित डिप्लोमा अफ नर्सिङ अध्ययन गर्न भर्ना भएका थिए । इक्यानका अध्यक्ष पाण्डेले समस्या समाधन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

इक्यानले हिजो बिहीबार पराराष्ट्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । ‘परराष्ट्र मन्त्रालयले अस्ट्रेलियास्थित नेपाली राजदूतसँग घटनाको विषयमा जानकारी लिने र शिक्षा मन्त्रालयले छानविन समिति बनाएर प्रतिवेदन पेस गर्ने निर्णय भएको छ’ –इक्यानका अध्यक्ष पाण्डेले भन्नुभयो ।

अस्ट्रेलियामा अध्ययन गर्न एक जना विद्यार्थीले करिब १५ लाख रुपिया खर्च गरेका छन् । अन्तिम प्रमाणपत्र लाने बेलामा कलेको नर्सिङ शिक्षा बन्द भएपछि सबै विद्यार्थी गम्भीर समस्यामा छन् । अस्ट्रेलियाकोे अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को स्वीकृति दिने प्रावधान भएपछि सो संस्थाले अध्ययन गर्दा सो कलेज समस्यामा आएको हो । त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका विद्यार्थीलाई हस्पिटलमा इन्टर्नसिपका लागि अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक हुन्छ ।


मन्त्रालयले थाल्यो छानविन
उक्त समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानविन शुरु गरेको छ । मन्त्रालय र इक्यानका पदाधिकारीबीच बिहीबार छलफल भएलगत्तै उक्त मन्त्रालयका सहसचिव देवकुमारी गुरागाइको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले कन्सल्टेन्सीहरुको विद्यार्थी पठाउने प्रक्रिया, भिसा प्रक्रिया र पीडित विद्यार्थीको समस्याका बारेमा छलफल गर्ने भएको छ ।
मन्त्रालयले बिहीबारै अस्ट्रेलियन दूतावाससँग सम्पर्क गरी विद्यार्थीको अवस्थाबारे जानकारी लिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले घटनाको वास्तविकताको विषयमा छनविन गरी गम्भीर समस्यामा परेका विद्यार्थीको समस्या समाधान गर्न पहल गरिने बताउनुभयो ।

कुन कुन हुन् ठग्ने ? 
१.एक्सपर्ट 
२.मर्सी
३.कंगारु
४.अल्फाबिटा
५. काठमाडौं इन्फोसिस
६. इम्पल्स
७. सनराइज
८. एनमार्क पोखरा
९.मोडल ग्लोबल
१०.एबीसी

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...