जब केपी ओलीले पत्नी राधिकालाई गुराँस दिए…



हाम्रो इकोनोमि

 

मुसुक्क हास्दै पत्नी राधिका शाक्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गुराँसको गुच्छा दिए । राधिकाले पनि हास्दै लिइन् ।

त्यसपछि वरिपरिकाहरुसँग राधिकाले भनिन्– ‘हरेक वर्ष दहचोक आएर मलाई यसरी नै गुराँस उपहार दिनुहुन्छ ।’

तीन वर्ष भयो ओली दम्पत्ति दहचोक आउन थालेकोे । काठमाडौंको टुप्पो दहचोकमा केपी–राधिका दम्पत्ति फागुन ९ गतेकै दिन आउँछन् ।

फागुन ९ मा इतिहास पुरुष काजी कालु पाण्डेको समाधीमा सम्मान प्रकट गर्न ओली दम्पत्ति आउँछन् । बिहिबार पनि त्यसरी नै आएका थिए र विगत वर्षमा जसरी पत्नी राधिकालाई गुराँस दिए ।

प्रधानमन्त्रीले पत्नी राधिकालाई गुराँस दिएको देख्दा वरिपरिका वालवालिकाले पनि रमाइलो मान्दै तालि बजाए ।

गुराँसको थुँगा किन ? मञ्चबाट सम्वोधन गर्ने क्रममा ओलीले मीठो रहस्य खोल्दै भने ‘यहाँको मनकामना मन्दिर आएर गुराँसको फूल दिने । त्यसपछि प्रेम पक्का !‘ पतिले यस्तो भाषण गर्दा पत्नी राधिका स्वाद मानीमानी हासिन् ।

मजवुत प्रेम बनाउन आउने जोडिहरुका लागि गुराँसको अभाव नहोस भनेर ओलीले स्थानीयबासीलाई जुक्ति पनि सुझाए– ‘पाखाभरी गुराँस रोप्नुहोस् । प्रेम गर्न आउनेहरुलाई फूलको थुँगा अभाव नहोस् ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा एउटा नयाँ शैली पनि अपनाए । दहचोकमा गतवर्ष आफूले  गरेको भाषण पढेर सुनाउन स्थानीय आयोजकलाई लगाए । आयोजकले पोहोरको भाषण पढेर सुनाए ।

पोहोर आजकै दिन उनले गरेको भाषणमा यस ठाउँको विकासका लागि केही प्रतिवद्धता गरेका रहेछन् । केही प्रतिवद्धता पूरा भएछ, केही चाहिँ पूरा हुने चरणमा रहेको देखियो । ओलीले कालु पाँडेको पूर्ण कदको शालिक बनाउने प्रतिवद्धता गरेका रहेछन् । त्यो शालिक अनावरण गरे ।

पाँचतले भ्यू टावर गतबर्ष शिलान्यास गरेका रहेछन्, यस बर्ष दुई तला  ठडिसकेको देखियो । गतबर्ष ओलीको मोटर उकालोमा गुड्न नसकेर ठेलेर डाँडामा पुराउनु परेको रहेछ, यसबर्ष मजासँग मोटर डाँडामा पुग्यो । मनकामना मन्दिर जीर्णोद्वार गर्न निर्देशन दिएका थिए । यस बर्ष मन्दिर चिरिच्याँट्ट भइसकेछ । इन्द्रदहको जीर्णोद्वार गर्न निर्देशन दिएका थिए । त्यसको काम जारी रहेछ । ओलीको भनाई र गराई ठ्याक्कै मिलेछ ।

कालु पाँडेका बारे ओलीले भने– ‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनु पर्दैन, अडानमा बसे पुग्छ ।’

उनले कालु पाँडेको समाधी नेपालीका लागि तिर्थस्थल भएको बताए । त्यसैगरी  कालु पाँडेको समाधिस्थल दहचोकमा आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्ध्घाटन पनि गरे ।

यस क्षेत्रका सांसद कृष्णगोपाल श्रेष्ठले घोषणा गरे– ‘आउने वर्ष आजैकै दिन पाँचतले भ्यू टावर प्रधानमन्त्री ओलीले उद्ध्घाटन गर्नुहुनेछ । अनि दुरबीन घुमाइघुमाइ काठमाडौं खाल्डो हेर्नुहुनेछ ।’

तर, आउँदो वर्ष पनि ओली दम्पत्ति फागुन ९ मा दहचोक पुग्लान् ? मन्तव्यको अन्त्य प्रधानमन्त्री ओलीले यो वाक्यबाट गरे– ‘अर्को साल फागुन ९ गते भेटौंला !‘

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...