शालिनदीमा हराएकी आमा टिकटकले गर्दा भेटियो, यसरी नाचिन् आमा (भिडियो सहित)



हाम्रो इकोनोमि

 

आफ्नो नाम मन माया बताउने एक जना वृद्द आमा आज भन्दा ठ्याक्कै १५ दिन अगाडी सलिनादी मन्दिरबाट हराएकी थिइन्।

आफ्नी जेठी छोरीसँग उनी माघ महिनामा सलिनादिमा श्री स्वथानी माताको पुजा आराधना साथै मेला लाग्ने भएकोले घुम्न गएकी थिइन्।

मानसिक सन्तुलन ठिक नभएको साथसाथै भिडभाड भएकोले उनी हराउन पुगिन्।

आमा हराउनुहुन्छ भनेर छोरीले निकै ध्यान दिँदा पनि भिडमा उनी छल्लिन पुगिन्।

आमा छोरी एक अर्कासँग बोछोडीए पछि छोरीले आमाको खोजखबर गर्न थालिन् भने आमा चाही भक्तपुर मानव समाज कल्याणको सम्पर्कमा पुगिन्। १५ दिन सम्म उनी सोहि आश्रमको संरक्षणमा बसिन्।

आश्रमको अध्यक्ष सुमित्रा चौलागाईले मानव कल्याण समाजको फेसबुक आइडीबाट आमाको भिडियो बनाएर हालिन्।

मानसिक सन्तुलन गुमाएकै कारण आमालाई आफु कहाँ बस्नु को सँग बस्छु घर कता हो केहि अत्तोपत्तो भएन।

घर कता हो नाम के हो भनेर सोधिएको उक्त फेसबुकको भिडियोमा उनले हासो लाग्दो जवाफ दिएकि थिइन्।

हासो लाग्दो उत्तर पिएनपीखबरकर्मीले टिकटकमा हालिन्। आमाको कान्छी छोरी कुबेतमा बस्ने रहेछिन्।.उनले टिकटकमा आफ्नो आमाको भिडियो देखिन्। हराएकी आमालाई अचानक टिकटकमा भिडियो देखेर उनी चकिन पारिन। कमेन्ट बक्समा मेरो आमा हो उहा कहाँ हुनुहुन्छ भनेर कमेन्ट गर्नु भयो।

यसरि टिकटकको भिडियो मार्फत उनले आफ्नो हराएकी आमा भेटिन्। मानव कल्याण समाजमा उनकी जेठी छोरी आएर उनलाई घर लागिसकेकी छिन्। फेसबुक र ट्वीटर जस्ता सामाजिक संजाल बन्द गरिने समाचार आइरहदा यहिँ सामाजिक संजाल मार्फत हराएकी आमा छोरीले भेट्न सफल भइन्।

आमा एकदम रमाइलो स्वभावको हुनुहुन्छ। आश्रममा रहदा पनि आमाले सबैलाई हसाउने गर्नुहुन्थ्यो। हाल उनको छोरीले आमालाई चुनिखेल स्थित घरमा लागिसकेकी छिन्।

भिडियो

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...