थाईल्याण्डसँग नेपाल ५७ रनले पराजित



हाम्रो इकोनोमि

 

 

आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा थाईल्याण्डसँग नेपाल पराजित भएको छ ।

बैंककमा आज भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो । घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि ईन्दु बर्माले २९ रन तथा सिता रानामगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको योगफल बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि चुनिंदा सुतिरांगले ३५ रन जोड्दा नरुमल चाईवाईले ३२ रनको योगदान दिईन् । बलिङतर्फ नेपालकम नेरी थापा र कविता कुावरले २–२ विकेट लिए ।

महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालसहित ७ राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ । नेपालले आफ्नो तेस्रो खेलमा भोलि युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...