थाईल्याण्डसँग नेपाल ५७ रनले पराजित



हाम्रो इकोनोमि

 

 

आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा थाईल्याण्डसँग नेपाल पराजित भएको छ ।

बैंककमा आज भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो । घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६७ रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि ईन्दु बर्माले २९ रन तथा सिता रानामगरले १८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको योगफल बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि चुनिंदा सुतिरांगले ३५ रन जोड्दा नरुमल चाईवाईले ३२ रनको योगदान दिईन् । बलिङतर्फ नेपालकम नेरी थापा र कविता कुावरले २–२ विकेट लिए ।

महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालसहित ७ राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ । नेपालले आफ्नो तेस्रो खेलमा भोलि युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...