टिप्परकाे ठक्करबाट भक्तपुरमा माेटरसाइकल चालककाे मृत्यु



हाम्रो इकोनोमि

 

 

टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो।

दुर्घटना बुधबार दिउँसो चाँगुनारायण नगरपालिकाको थाथलीमा भएको डीएसपी शिशु शर्माले नागरिकलाई बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका पन्तलाई उपचारका लागि भक्तपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको शर्माले बताए।

टिप्पर चालक विनोद थापाका अनुसार पन्तले साँघुरो बाटोमा ओभरटेक गर्न खोजेका कारण मोटरसाइकल टिप्परसँग ठोकिन पुगेको थियो।

र मोटरसाइकल दुबै च्यामासिङ तर्फ गइरहेकाे प्रहरीले बताएको छ।

टिप्पर र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...