बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

बंगलादेशको राजधानी ढाकाको एक बजारमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिकका कारण आगो चाँडै फैलिएर छेउका भवनमा पनि क्षति पुगेको छ ।

आगो निभाउनका लागि अग्नि नियन्त्रकसहित ३० वटा गाडी घटनास्थलमा तत्कालै परिचालित गरिएको थियो । ९५ प्रतिशत आगो निभाइसकिएको र खोज अभियान जारी राखेको अग्नि मिसनका प्रमुख अहमद खानले बताएका छन् ।

उनका अनुसार आगो लाग्नुको कारण पत्ता लागेको छैन । ‘कतिपयले सीएनजी सिलिण्डर पड्किएर आगो लाग्न सुरु गरेको बताएका छन् । तर जाँचपछि नै वास्तविक कारण पत्ता लाग्ने छ,’ अहमदले बीबीसीसँग भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...