बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

बंगलादेशको राजधानी ढाकाको एक बजारमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिकका कारण आगो चाँडै फैलिएर छेउका भवनमा पनि क्षति पुगेको छ ।

आगो निभाउनका लागि अग्नि नियन्त्रकसहित ३० वटा गाडी घटनास्थलमा तत्कालै परिचालित गरिएको थियो । ९५ प्रतिशत आगो निभाइसकिएको र खोज अभियान जारी राखेको अग्नि मिसनका प्रमुख अहमद खानले बताएका छन् ।

उनका अनुसार आगो लाग्नुको कारण पत्ता लागेको छैन । ‘कतिपयले सीएनजी सिलिण्डर पड्किएर आगो लाग्न सुरु गरेको बताएका छन् । तर जाँचपछि नै वास्तविक कारण पत्ता लाग्ने छ,’ अहमदले बीबीसीसँग भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...