सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन : सी जिनपिङ



हाम्रो इकोनोमि

 

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् ।

राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए ।

चीनमा भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा व्यपारमा लाग्न सुझाव समेत दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका १९ औं महाधिवेशको पूर्वसन्ध्यामा पार्टीका आन्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले उक्त भनाई राखेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

सीले आफ्नो पहिलो कार्यकाल पूरा हुँदासम्म १० लाख सरकारी कर्मचारी, १५० पार्टीका उच्च नेतालाई भ्रष्टाचार संलग्न भएको भन्दै कारवाही गरिसकेका छन् ।

चीनमा पछिल्लो पटक मौलाउँदै गएको भ्रष्टाचारले हैरानी बनाएका चिनियाँ जनता र पार्टीका कार्यकर्ताहरुले सीको अभियानलाई साथ दिँदै आएको छ ।

त्यसैगरी जनमुक्ति सेनाले पनि सीको अभियानको समर्थन गर्दै आएको छ ।

महाधिवेशनले राष्ट्रपति सी दोस्रो कार्यकाल पार्टीको महासचिव बनाउने बताइएको छ ।

गण्डकी प्रदेशसभामा बिहीबार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुने

पोखरा, २ साउन (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ ।

संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा आउन लाग्नुभएको हो ।

साधारणसभाले विश्वविद्यालयको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आ.व. २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...