एकता टुंग्याउन नेकपाको सचिवालय बैठकमा यसरी छलफल, कार्यदल सदस्यपनि सहभागी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । एकता प्रक्रियाको टुंगो लगाउन कार्यदलसहित बसिरहेको सचिवालयको बैठकमा यसविषयमा छलफल भईरहेको हो ।

पार्टी एकतामा ढिलाइ हुँदा कार्यकर्ता तहबाट चर्को दवाव परेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लामो गृहकार्यपछि आज स्थायी समितिद्वारा गठित कार्यदलका सदस्यसहित सचिवालय बैठक बोलाउनु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एकीकरण टुंगो लगाउने मापदण्डका विषयमा छलफल भईरहेको छ । आज बस्ने बैठकले एकताको ठोश निर्णय लिने बताइएको छ ।

गत फागुन ६ गते बसेको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन प्रस्तुत भएपछि एक पटक कार्यदलका सवै सदस्यलाई आमन्त्रण गरी सचिवालय बैठक एकताको टुंगो लगाउने निर्णयअनुसार आज सचिवालयमा आमन्त्रण गरिएको हो ।

तीन महिनामा सवै तहको साँगठानिक एकता टुंगो लगाउने घोषणा गरेपनि लामो समयसम्म एकीकरण हुन नसकेपछि नेतृत्वमाथि चाँडो टुंगो लगान दवाव परिरहेको छ ।

आजको बैठकमा कार्यदलमा संयोजक रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव बिष्णु पौडेलबाहेक अन्य सात सदस्यलाई आमन्त्रण गरिएको हो ।

कार्यदलमा थापा र पौडेलसहित शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुबीर महासेठ, बेदुराम भुसाल, बर्षमान पुन र लेखराज भट्ट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...