अस्ट्रेलियामा १००० नर्सिङ पढने नेपाली विद्यार्थीको बिचल्ली , हेर्नुहोस भिडियो सहित, क कसले ठगे



 

नर्सिंग मा आफ्नो भबिष्य देखेर अस्टेलिया पुगेका नेपाली नर्सह हरुको बिचल्ली भएको छ । सिधा कुरा जनता संगको लाइभ मा आएर उनीहरु आफ्नो भबिष्य बर्बाद भएकोमा चिन्तित देखिन्थे ।

आमा बुबाले दुख गरेर जोडेको सम्प ति खर्चेर अस्टेलिया पुगेका उनीहरु बिचल्लीमा परेका हुन् । भक्तपुरका सुजन श्रेष्ठ दुइ वर्ष अघि नर्सिङमा भविष्य सुनिश्चित पार्ने सपना बोकेर अष्ट्रेलिया उत्रिए ।

आफुले अध्ययन गरिरहेको व्रिजवेनको अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी ) ले डिप्लोमा इन नर्सिङ विषयको सम्बन्धन नै लिन नसकेपछि पढाइ अन्यौलग्रस्त बनेको हो ।

अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल ९एनम्याक०बाट सम्बन्धन लिनुपर्छ ।

सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन ।‘दुइ वर्ष पढियो, झण्डै २० हजार डलर पनि खर्च भइसक्यो’ सुजनले गुनासो गरे – ‘अब कलेजको नर्सिङ विषय नै दर्ता नभएपछि सर्टिफिकेट पनि नपाइने भयो’ ।

एआइबिटीबाट नर्सि ङ पढाइ नहुने भएपछि सुजनले अन्य विश्वविद्यालयमा व्याचलर अध्ययनका लागि आवेदन दिए । तर, उनको डिप्लोमाले नै मान्यता नपाएका कन्फरमेसन अफ इनरोल्डमेन्ट (सिओइ) पाएनन् ।

भिषा मार्चमा सकिदैछ । भिषा थप्न के गर्ने भन्ने चिन्ताले सता उन थालेको छ उनलाई ।

सुजनकै जस्तै नियती भोगेकी छिन् सिड्नीको एआइबिटी कलेजमा डिप्लोमा इन नर्सिङ पढिरहेकी सोनी श्रेष्ठले पनि ।

लम्जुङकी सोनीले एक वर्ष पढेपछि मात्रै आफ्नो विषय एनम्याकमा दर्ता नभएको चाल पाइन् । त्यसपछि उनको होसहवास उडेको छ ।

कलेजले चित्तबुझ्दो जवाफ नदिएपछि उनी के गर्ने भन्ने अन्यौलमा छिन् ।सोनी र सुजनमा प्रतिनिधी पात्रा मात्रै हुन् ।

एआइबिटीमा अध्ययनरत झण्डै एक हजार नेपाली विद्यार्थीको भविष्य अन्यौल बन्दै गएको छ अष्ट्रेलियामा ।

एआइबिटीमा पढ्ने नेपाली विद्यार्थीहरुले फेसबुकमा स्टुडेन्ट भोइस नामक गोप्य समुह बनाएर आ आफ्ना पिडा पोखिरहेका छन् ।

विद्यार्थीहरुले कलेज प्रशासनसंग पटक पटक छलफल गरेपनि कुनै नतिजा निस्किन सकेको छैन ।

लाखौ रुपैया खर्च गरेर अष्ट्रेलिया पढ्न आएका ती विद्यार्थीको भविष्य अब के होलारु कलेज प्रशासनसंगको छलफलबाट कुनै समाधान ननिस्किएपछि एआइबटीका वि द्यार्थीले अन्तराष्ट्रिय विद्यार्थीहरुको साझा काउन्सिल (सिसा) मा उजुरी गरेका छन् ।

एआइबिटी बारे विद्यार्थीहरुको थुप्रै गुनासा आएको सिसाका अध्यक्ष विजय सापकोटाले पुष्टी गरे ।

‘हामीलाई थुप्रै विद्यार्थी साथीहरुले उजुरी गर्नुभएको छ’(सापकोटाले भने(‘त्यसमा के भएको हो हामी छानविन गरिरहेका छौ’ ।

विद्यार्थीहरुलाई परेको समस्या सामाधान गर्न सिसा गम्भिर भएको भन्दै अध्यक्ष सापकोटाले भने – ‘विद्यार्थीको पैसा फिर्ता गराउन, उचित क्षतिपुर्ति दिन र कलेजलाई कारवार्ही गर्न सिसा सक्रिय रुपमा लाग्ने छ’ ।

विद्यार्थीहरुलाई नआत्तिन पनि अध्यक्ष सापकोटाले अ नुरोध गरे ।एआइबिटी कलेजमा अध्यनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ ।

दुतावासले शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ ।

‘हामीले एआइबिटी बारे छानविन गर्न शिक्षा विभागलाई पत्र लेखेका छौ – कार्यवहाक राजदूत दुरपदा सापकोटाले भनिन् – ‘यस बारे छिटै टुंगो लाग्नेछ’ ।

शिक्षा विभागले अन्य निकायसंग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको कार्यबहाक राजदुत सापकोटाले जानकारी दिए । विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ ।

आफ्ना विद्यार्थीले सामाजिक संजालदेखि विद्यार्थी काउन्सिल सम्म उजुरी र गुनासा गर्न थालेपनि अष्ट्रेलियन इष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)ले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तर, नेपाल ट्युब अष्ट्रेलियासंग कुरा गर्दै कलेजका गुनासो सुन्ने विभागका प्रमुख शान ज्याकसनले विद्यार्थीहरु को गुनासा छिट्टै सामाधान गरिने दावी गर्नुभयो ।

कलेजबारे फैलिएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै ज्याकसनले भने – ‘हामी विद्यार्थीको गुनासा बारे गम्भिर छौ र २४ घण्टा भित्रमा प्रेस रिलिजमार्फत सबै कुरा स्पष्ट पार्नेछौ’ ।

नर्सिङको सम्बन्धन लिने परीक्षणकै क्रममा धमाधम विद्यार्थी भर्ना गर्ने प्रचलनले यो स्थिती सृजना भएको हो । त्यसमा नेपाली शैक्षिक परामर्शदाताहरुको कामकारवाही आलोचना योग्य बनेको छ ।

 

 

अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित व्यवसायिक शिक्षालयमा नर्सिङ विषय अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थीहरूको समस्या समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावास सक्रिय भएको छ  ।

 

अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत दुरपदा सापकोटाले  भनिन्, ‘यो समस्या समाधान गर्न हामी अस्ट्रेलियाका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्क गरिरहेका  छौं ।’

 

समस्या समाधानमा सहज बनाउन सम्बन्धित राज्यका नेपाली बाणिज्य दूतावासहरु, एनआरएन तथा काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा) र पीडित विद्यार्थीहरुसँग आफूले परामर्श पनि गरिरहेको उनले बताइन् । छिट्टै उपयुक्त निकास निस्कने आशा व्यक्त गर्दै  उनले पीडित सबै विद्यार्थी तथा उनीहरुका आफन्तहरुलाई धैर्य गर्न आग्रह गरिन् ।

 

नेपाली बाणिज्य दूतावास न्यू साउथ वेल्सले बिहीबार सरोकार राख्ने सबै पक्षसंग एक बिशेष बैठक राखेको छ भने बिहीबार नै गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले पनि विद्यार्थीका समस्याबारे छलफल राखेको छ । त्यस्तै बिहीबार नै सिसाले दुई घण्टाको लागि अस्ट्रेलियाका सरकारी निकायका प्रतिनिधिसँग विद्यार्थीको अन्तरक्रिया राखेको छ  ।

 

विद्यार्थीहरूको समस्या  हेरेर आफ्ना गतिविधि अगाडि बढाएको काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया (सिसा)का अध्यक्ष विजय सापकोटाले पनि अस्ट्रेलियाका सरोकारवाला  सरकारी निकाय सक्रिय भएकाले अबको केही दिनभित्र समाधानको बाटो भेटिने विश्वास व्यक्त गरे ।

 

सिड्नी र ब्रिसबेनमा भएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजीको दर्ता आगामी महिनाको अन्तिम हप्ताबाट खारेज हुने निर्णय सरकारी निकायबाट भएपछि त्यहाँ अध्ययनरत  झन्डै एक हजार नेपाली विद्यार्थीको भबिष्य अन्धकार भएको थियो ।  उक्त शिक्षालयको नर्सिंगमा उच्च अध्ययन गर्ने अनुमति नपाउँदा नै विद्यार्थीहरुलाई तल्लो तहमा भर्ना गरिएको थियो ।

 

ठूलो कमिशनको लोभमा नेपालमा शैक्षिक परामर्शदाताले विद्यार्थीलाई उक्त सस्थामा पढ्न जान सिफारिस गरेका गुनासो विद्यार्थीहरुको छ ।  अन्य बिषयको शैक्षिक संस्था परिवर्तन सजिलो भएकाले समस्या नपर्ला तर, नर्सिङको भने निकै अफ्ठ्यारो भएकाले पनि समस्या बल्झिएको जानकारहरुको भनाइ छ  ।

 

अस्ट्रेलियाका बिभिन्न सामाजिक अगुवाहरुले पनि विद्यार्थीको समस्या हाल गर्न सबैलाई अनुरोध गरेका छन् । जानकारहरुका अनुसार  विद्यार्थीले ट्युसन सुरक्षण निकायबाट शुल्क फिर्ता पाउने सम्भावना अझै छ भने नर्सिङको उच्च शिक्षा पढ्ने अवसर पाउने नपाउने अन्योलपूर्ण छ ।

 

यता शैक्षिक परामर्शदाताहरुको सस्था एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिस अस्ट्रेलियाले एक बक्तब्य जारी गरेर आफ्नो संस्थाद्वारा अहिले दर्ता खारेजीमा परेको शैक्षिक संस्थामा सिफारिस गरिएका विद्यार्थी को संख्या न्युन रहेको र उनीहरुलाई बोलाएर आवश्यक परमर्श दिएको बताएको छ । समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न तयार रहेको भन्दै एक्सपोर्टका निर्देशक बद्रि अर्यालले बताए ।

 

बुधबार सिड्नीमा बसेको नेपाली शैक्षिक परामर्शदाताहरुको एक सस्थाको गोप्य बैठकले यो समस्यालाई सबै मिलेर सम्बोधन गर्ने सहमति भएको बैठकमा सहभागी एक शैक्षिक परामर्शदाताले बताए ।

 

 

https://www.youtube.com/watch?v=fbX02VRvMi8&fbclid=IwAR3yP2-jVLueTdByjwxYuAlsQw842z_t7jDXOcA2zWuhU-kvuao4k_pFcuE

 

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च