प्रियंका चोपडा गर्भवती ?



हाम्रो इकोनोमि

 

हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ ।

हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो ।

भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट केही ठूलो देखियो । जसलेगर्दा, उनी गर्भवती छिन् भन्ने खालका चर्चा सुरु भयो ।

तर, प्रियंकाले यो बिषयमा केही पनि बोलिनन् । तर, उनकी आमा मधु चोपडाले यो बिषयमा मुख खोलेकी छिन् ।

उनले, भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्–‘यो गलत खबर हो । प्रियंकाको पेट केही ठूलो देखिनु क्यामेराको लेन्सको कारण हो ।’

मधुले आफूले यो कुरा प्रियंकालाई सुनाउँदा उनले लामो हाँसो हाँस्दै आफूलाई केही समय यस्ता कुराबाट ब्रेक दिन आग्रह गरेको समेत बताइन् । हलिउड गायक निक जोनसँग डिसेम्बरमा बिहे गरेकी चोपडा अहिले बैबाहिक जीवनमा रमाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...