रबिलाइ नै धरधरी रुवाउने गरि कसले लेख्यो यस्तो भावनात्मक खुल्ला पत्र पढ्नु होस् !



हाम्रो इकोनोमि

 

 

प्रिय मित्र रबि लामिछाने ज्यु नमस्कार

आज हाम्रो देशबाट इमान्दार र असल मान्छेहरु पलायन हुन बाध्य छन् । नेपाललाई माया गरेर समाजमा केहि सकारात्मक काम गर्नेहरु विरुद्ध अनेकौं प्रश्न उठेको छ । लाखौं मान्छेलाई परेको पिडामा मलम लगाउने विरुद्ध चर्चा र परिचर्चा हुनु स्वभाविक नै हुन्छ ।

धर्म गर्नेहरुलाई नर्कमा पुर्याउने समाजको उल्टो बाटोमा छौ । निस्वार्थ भावका साथ समाजको अनेकौं दुःखमा मलम लगाउने तपाईंको साहसिक कदम प्रति म सधैं सम्मान व्यक्त गरिरहने छु ।

न्याय अधिकार र उद्धार राहत प्रदान गर्ने असल पात्र तपाईंहरु हजारौं चेलीबेटी विदेश बाट उद्धार गरि न्याय दिलाउनु भएको छ । तर आज तपाईंलाई कुन रूपमा पारिवारिक कुरामा जोडियो यो बिलकुल गलत विषय हो । पारिवारिक कुराको विषय समाधानको अनेकौं बाटोहरु छन् । गरिब दुःखीहरुको आवाज बोल्ने भ्रष्ट,तस्करहरुको पर्दाफास गर्ने त्यो साहसिक कदममा कहिले पनि कमि नहोस् । बरु झन खरो झन् बलियो र झन आटिलो भएर आउनुहोला । तपाईं सँग अझै ठुलो आसा,भरोसा र अपेक्षाहरु छन् ।

जीवनमा अनेक दुख र संघर्ष बाँकी नै छन । पसिना बेच्न प्रदेश पुगेको युवा युवतीलाई अनेक यातना गृहमा राखिन्छ । उद्धार गर्न रबि लामिछाने चाहिने हो भने धेरै बिरोध होइन बरु सकारात्मक आलोचना र अझै ठूलो सामाजिक कामको अपेक्षा गर्नुपर्छ । मन्दिरमा पुज्ने मुर्ति मनोबल बढाउनको लागी पुजा गरिन्छ । तर असल मुर्ती अन्याय परेकाहरुको आँसु पुछ्दै न्याय दिलाउन सहयोग पुर्याउनलाई मानिन्छ । जसले पिडितको सहयोग गर्छ त्यहीँ नै पीडितको भगवान हो । अझै धेरै सामाजिक कामको अपेक्षा सहित हृदय देखी सम्मान…

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...