शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन्



हाम्रो इकोनोमि

 

अहिले बलिउडमा स्टार किड्स चम्किएका छन् । जान्भी कपुरदेखि सारा खानसम्म । यी दुबैले बलिउड डेब्यु गरे, जसले उनीहरुलाई लाइमलाइटमा ल्याइदियो ।

शाहरुख खान पुत्री सुहाना भने बलिउडमा यसैपनि लाइमलाइटमा रहन्छिन् । कहिले समुन्द्री किनारमा विकिनी पोज दिइरहेको त, कहिले आफ्नै कोठामा नुडल्स उमालिरहेको कुराले उनलाई चर्चामा ल्याउने गर्छ ।

सुहाना अब हुर्किसकेकी छिन् । अब उनी खुलेर प्रेम र रोमान्सको कुरा गर्ने भइसकेकी छिन् ।

हालैमात्र सुहानालाई सोधियो, ‘कुन अभिनेतासँग तपाईं डेट गर्न चाहनुहुन्छ रु’ शाहरुख-गौरीकी यी ग्ल्यामरस छोरीको जवाफ यस्तो थियो । उनले दक्षिण कोरियन पप सिंगर, अभिनेता, गीतकार एवं मोडल किम जुम म्यानको तस्वीर शेयर गर्दै लेखिन्, ‘उनीसँग ।’

सुहानासँग इन्स्टाग्राम च्याट सेशनको क्रममा यस्तो प्रश्न सोधिएको थियो । सुहाना पनि कोरियाका युवतीहरु जस्तै किम जुन म्यानका डाइहार्ट फ्यान हुन् । उनी एक स्टेज र्फममेन्सबाट निकै चर्चामा आएका थिए ।

भनिहालौं, सुहाना यतिबेला लन्डनमा बसेर पठनपाठन गरिरहेकी छिन् । उनी त्यहाँको विद्यालयमा मञ्चन भइरहेको नाटक रोमियो जुलियटमा जुलियटको भूमिका निर्वाह गरिरहेकी छिन् ।

शाहरुख पनि आफ्ना छोरीको नाटक हेर्न लन्डन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...