रक्सी खाएपछि के खाने, के नखाने ? जानी राखौं



हाम्रो इकोनोमि

 

रक्सी सेवन गर्नेको संख्या विश्वभर नै बढ्दो अवस्थामा छ । अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् ।

नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत घरधुरीमा रक्सी पिइन्छ ।

यसमध्ये २८ प्रतिशत महिला रक्सी पिउँछन् । अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ ।

त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने सवालमा चिकित्सकीय चर्चा यसरी गरिएको छः

रक्सी खाएपछि के खाने ?

रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ ।

साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ ।

जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ ।

सम्बन्धित् समाचार  अब रक्सी खानुअघि २ पुस्ते विवरण भर्नुपर्ने !

साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पुर्याउँछ । साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ ।

पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ ।

रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।

 

अनैतिक सम्बन्धका लागी आएका ७०० मेसेज प्रमाण छन् , दिनदिनै तनाव हुन्छ llभिडियाे

 

केहि समय पहिला सामाजिक संजालमा भाइरल एक नाम हाे रबिना बादि, उनकाे छाेरा बिरामि भयर उपचारकाे लागि सहयाेग काेअपिल गर्दै लाइभमा पनि अायकि थिइन।

काखकाे र जिबनकाे एकमात्र साहारा छाेराकाे नेपालमा उपचार संभब छैन भन्दा कुन चाहि अामा काे मन नराेला र।

त्यसमाथि एक्लाे भयका कारण बिभिन्न मानिषहरूले अनैतिक संबन्ध राख्नका लागि पनि फाेन र म्यासेज मार्फल तनाब दिइरहेकाे बताउछिन उनि बाकि प्रसंग हेराै याे

भिडियाे बाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...