सुन्दै अनौठो : एउटै कोख एकैपटक फरक २ बुवाबाट जन्मिएका जुम्ल्याहा सन्तान



हाम्रो इकोनोमि

 

एलेक्जेन्ड्रा र कोल्डर १९ महिनाका जुम्ल्याहा हुन्। तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्। एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्।

तर एउटै गर्भबाट एकैचोटि जन्मिएका सन्तानका भिन्नभिन्न पिता हुनु कसरी सम्भव छ ? यो विज्ञानले सम्भव बनाएको छ ।

चार बुवा, तीन देश र दुई सन्तान
पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी–एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो। उनीहरू शरीरबाहिर कृत्रिम परिस्थितिमा इन भिट्रो फर्जिलाइजेशनबाट एउटा मात्र भ्रूण गर्भाधान गराउन खोज्ने केही ब्रिटिश जोडीमध्येका हुन्।

त्यसरी तयार पारिएको भ्रूण सरोगेट आमा बन्न सहमत भएकी एउटी महिलाको कोखमा प्रत्यारोपण गर्नुपर्ने हुन्थ्यो। त्यो प्रक्रिया लामो र जटिल थियो।

सबैभन्दा पहिला त आफ्नो शुक्राणुबाट गर्भाधान गराउन उनीहरूलाई छुट्टाछुट्टै डिम्ब चाहिएको थियो।

पहिला उनीहरू छुट्टै गर्भबाट दुई बच्चा होऊन् भन्ने चाहन्थे।

तर उनीहरूलाई डिम्ब दान दिने महिला खोज्न सघाउने संस्थाले एकैचोटि एउटी सरोगेट आमाको गर्भमा दुईवटा बच्चा हुर्काउन मिल्ने जानकारी दियो।

यूकेमा बस्ने भएपनि साइमन र ग्रेएम त्यसका लागि विदेश गए। साइमन भन्छन्, हामीसँग नाम नखुलाइएकी अमेरिकी महिला डिम्बदाताका रूपमा थिइन् किनभने प्रजननसम्बन्धी हाम्रो उपचार लास भेगसमा भएको थियो।

डिम्बहरू सङ्कलन गरेपछि तिनलाई दुई भागमा विभाजित गरियो अनि एउटा भाग साइमनको शुक्राणु र अर्को भाग ग्रेएमको शुक्राणुबाट निषेचन गरियो। त्यसपछि विकसित भएका भ्रूणलाई छानेर कम तापक्रममा भण्डारण गरियो।

दुई समूहबाट छानेर सबैभन्दा पुष्ट भ्रूणलाई सरोगेट आमाको कोखमा राखियो। तिनै महिलाले आफ्नो कोखमा ती दुई बच्चालाई क्यानडामा हुर्काइन्।

साइमनले अरू सन्तानबारे पनि सोच्न सक्ने जनाएका छन् । यसरी एउटी महिलाको डिम्ब र दुई पुरुषका शुक्राणुबाट विकसित भ्रूण अर्की महिला मेग स्टोनको गर्भमा हुर्किएर जुम्ल्याहा बालबालिकाका रूपमा जन्मिए।

साइमन भन्छन्, हामीले क्यानडा छान्यौँ किनभने हामीलाई त्यहाँको कानुनी संरचना मन पर्‍यो।

त्यो यूकेको जस्तै छ, व्यापारजस्तो नभई परोपकारी। साइमन र ग्रेएम यूके फर्किएपछि मेगबाट समाचारको प्रतीक्षा गरे। के गर्भ सफल होला त रु यो प्रश्न उनीहरूको मनमा खेलिराख्यो। अन्ततः उनीहरूलाई फोन आयो। उनीहरूले सुखद समाचार पाए।
ग्रेएम भन्छन्, हाम्रो मनमा धेरै किसिमका भावनाहरू उठे। हामी निकै खुसी भयौँ, एकदमै प्रफुल्लित। साइमन र ग्रेएम बच्चा जन्मिने मितिभन्दा छ हप्ताअघि यूकेबाट क्यानडा गए। उनको कोखबाट आफ्ना सन्तान जन्माइदिने महिलासँग उनीहरू राम्रो सम्बन्ध राख्न प्रतिबद्ध देखिएका छन्।

किनभने डिम्ब दिने महिलालाई उनीहरू र उनीहरूका सन्तानले चिन्न सक्ने सम्भावना नै छैन। एकएकवटा सन्तान भएका साइमन र ग्रेएम अहिले धेरै प्रसन्न देखिन्छन्। हाँस्दै साइमन भन्छन्, कहिल्यै पनि नाइँ चाहिँ भन्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...