भागेर दिल्ली पुगेका राजालाई डोकोमा बोकेर ल्याउँदा दुख पाइयो, फेरी त्यो गल्ती गरिदैन



हाम्रो इकोनोमि

 

राप्रपाले हिन्दु राष्ट र राजा अट्नेगरी गोलमेच सम्मेलनको माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी राजालाई शक्तिमा ल्याउने गल्ती नगर्न बताएका छन् ।

 

मंगलबार बालुवाटार पुगेर राप्रपाले २२ बुँदे ज्ञापन पत्र बुझाउँदै हिन्दू राष्ट्र र राजा अट्नेगरी गोलमेच सम्मेलनको माग गरेको थियो । बुधवार सुदुरपश्चिमको प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भागेर दिल्ली पुगेका राजालाई फर्काउँदा नेपाली जनताले दुख पाएको जवाफ दिएका छन् । उनले धर्मका नाममा राजनीति गरेर प्रतिगमन फर्काउने चेष्टा नगर्न चेतावनी पनि दिएका छन् ।

 

‘भागेर हिडेका राजालाई दिल्लीबाट डोकोमा बोकेर ल्याउँदा नेपाली जनताले कति दुख पाए, त्यो गल्ती फेरी गरिदैन’, प्रधानमन्त्री ओलीले भने ‘धर्मका नाममा राजनीति गरेर प्रतिगमण फर्काउने चेष्टा गरिएको छ, त्यो सरकार चुपचाप हेरेर बस्दैन ।’

 

प्रधानमन्त्री ओलीले नेपालको विकासमा बाधा पुरयाउने र नेपालको अन्तराष्टिय सम्बन्ध विगार्न खोज्ने तत्वसँग सजग भएको बताए । ‘विकासमा वाधा पुरयाउने काम भइरहेको छ, नेपालको अन्तराष्टिय सम्बन्ध विगार्न खोजिदैछ’, प्रधानमन्त्री ओलीले भने ‘यो सरकार आँखा हेरेर, कान खोलेर बसिरहेको छ, सवैका गतिविधि नियाली रहेको छ ।’

 

प्रेस स्वतन्त्रताका लागि म जति लडेको कोही छ ? छ भने हात उठाए हुन्छ-प्रधानमन्त्री

 

प्रधानमन्त्री केपी शर्मा ओलीले लुट्न सके लुट कान्छा गीतको तालमा ननाच्न प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । ‘गायकले भावनामा बगेर गीत लेखे, नागरिकले मन पराएनन्, फिर्ता लिए । सरकारले फिर्ता गराएको होइन, र गराउनु पर्ने कारण पनि छैन’, प्रधानमन्त्री ओलीले भने ‘लुट्न सिकाउने गीतलाई माननीयज्यूले २५ हजार पुरस्कारको घोषणा गर्नुभएछ, हामी कतातिर जाँदैछौ ।’

 

प्रधानमन्त्री ओलीले गायक पशुपति शर्माले गीतका शब्दमा समस्या पाएपछि आफैले फिर्ता लिएको बताए । सरकारले कहिँ कतै सरकारकातर्फबाट दवाव नदिएको बताए । तर गायक शर्माले भने सत्तारुढ दलका युवाहरुले दवाव दिएका बताएका छन् ।

 

ओलीले आफु लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा जीवनभर लडेको हुनाले कुनै अभिब्यक्तिप्रति स्वतन्त्रतामा रोक नलगाउने बताए । जीवनमा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि सवैभन्दा बढि लडे,’ उनले भने ‘देशभर म जति कोही प्रेस स्वतन्त्रताका लागि लडेको छ भने हात उठाए हुन्छ ।’

 

ओलीले भ्रष्टाचार जहाँ र जस्तो अबस्थामा भएपनि कारवाही गर्ने बताएका छन् । सुदरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतदेखि अख्तियारसम्म भ्रष्टाचारी भए कारवाही गर्ने बताए । ‘हामी भ्रष्टाचारको तेन्द्रो समाउदै जाँदा अख्तियारसम्म पुग्यो, भ्रष्टाचार गर्ने आयुक्त राजीनामा दिएर भागे, तरपनि उनलाई कारवाही गरेरै छाडिन्छ ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...