गृहमन्त्रीलाई सांसद कोमल वलीको प्रश्न, ‘पीडित युवतीले जाहेरी दिंदा पनि बमजनमाथि किन कार्वाही भएन ?’



हाम्रो इकोनोमि

 

चर्चाको उत्कर्षमा पुगेर पुन सेलाउँदै गएको ‘लिटिल बुद्ध’ रामबहादुर बमजनको विषय सांसद कोमल वलीले उठाएकी छन् ।

बुधबार बसेको राष्ट्रिय सभामा सांसद कोमल ओलीले रामबहादुर बमजनको विषयमा गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्न गरेकी छन् ।

उनले बमजनको अपराध र क्रियाकलाप बाहिर आफैं आएर पीडित युवतीहरूले भन्दा पनि अहिलेसम्म किन कार्बाही हुन सकेको छैन ?’ भन्दै गृहमन्त्री थापालाई प्रश्न गरेकी छन् ।

बमजनलाई पक्राउ गर्न किन नसकेको भन्दै उनले यस विषयमा प्रहरीको कार्बाही कहाँ पुग्यो भनि प्रश्न गरेकी हुन् ।

‘सुन्नमा आएको छ । प्रहरीले दिएको प्रतिक्रियामा हामीले पकाउ गर्ने सक्ने अवस्थामा छैनौं भनेको छ, के कति कारणले उनीमाथिको कार्बाही अगाडि बढेको छैन । यससम्बन्धी म जानकारी चाहन्छु ।’

सांसद वलीको प्रश्नपछि गृहमन्त्री थापाले उनलाई बमजनको विषयलाई राज्यले गम्भीरताका साथ लिएको जवाफ दिएका छन् ।

‘यसको बारेमा सरकारले छानबिन गरिरहेको छ ।

मिडियामा पनि आइरहेको छ । सबैलाई थाहा छ । यसलाई सरकारले हल्का रूपमा लिएको छैन ।

गम्भीर रूपमै लिएको छ’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...