गृहमन्त्री रामबहादुर थापाले भने कहाँ छ नेपालमा ठूला माछा, मलाई थाह छैन ?



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा बादलले धादिङमा प्रहरीले समातेको ‘सुन’ काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । धादिङबाट प्रहरीले सुन भनेर बरामद गरेको ४ किलो धातु तामा रहेको पुष्टि भएको भन्दै धादिङका तत्कालीन एसपी डम्बरबहादुर विकलाई सरुवा गरिएको थियो ।

 

उक्त घटनाबारे प्रश्न सोध्ने सांसद र जवाफ दिने गृहमन्त्री दुवैले तामालाई पित्तल भनेर गलत तथ्य पेश गरे ।  राष्ट्रिय सभामा बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले प्रहरीले समातेर राजस्वमा बुझाएको धातु सुन या पित्तल (तामा) के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

 

‘सुन भनेर समातेको राजस्वमा बुझाउँदा पित्तल भन्ने आयो । प्रहरीले सुन समाएर राजस्वमा बुझाउँछ । मुचुल्का गरेर बुझाइएको हो । त्यो पित्तल रहेछ भन्ने कुरा आएको छ । त्यसको छानबिन चलिरहेको छ,’ मन्त्री थापाले भने, ‘सुन भनेर पित्तल बुझाइयो या सुन बुझाइएको पित्तल कसरी भयो यो कुराको छानबिन भइरहेको छ ।’

 

ठूला माछा भनेर कसलाई इंगित गर्न खोज्नुभएको ? 

गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न ठूला माछा समातिने क्रम चलिरहेको र बाहिर रहेकाहरू पनि छिट्टै जालमा पर्ने दाबी गरे ।  ‘ठूलो माछाको कुरा फेरि आयो ।  ठूलो माछा भनेर कसलाई भन्न खोज्नुभएको हो ? मन्त्रीलाई हो कि राजनीतिक नेतृत्वलाई इंगित गर्नुभएको हो ?’ मन्त्री थालाले प्रतिप्रश्न गरे ।  ३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परिसकेको र उनीहरूको जालो तोडिएको समेत मन्त्री थापाको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...