झलनाथको गाउँमा गगनले ठोके यस्तो भाषण, भने अब नेकपा सकियो



हाम्रो इकोनोमि

 

 नेपाली कांग्रेसका नेता गगन थापालाई इलामेली कांग्रेसले झलनाथ खनालको घर नजिकै भव्य स्वागत गरेका छन् । पञ्चायती शासन बिरुद्ध ज्यान आहुती दिएका ७ जना शहीदहरुको सम्झनामा नेपाल तरुण दलले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनको लागि इलाम पुगेका नेता थापालाई इलाम कांग्रेसले भव्य स्वागत गरेको हो ।

 

खनालको घर नजिकै भएको सो फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता थापाले बर्तमान सरकार अलमलमा परेको आरोप लगाए । इलाम स्थित साँखेजुङमा नेपाल तरुणदल क्षेत्र नं ३ द्वारा आयोजित सातखाल्डे शहीद स्मृती फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दे दुईवटा पार्टी मिलेर बनेको सरकारका दुईथरी बिचार रहेको बताए ।

 

अहिलेको सरकारको नेतृत्त्वकर्ता दल नेकपाभित्र दुई बिचार भएकाले बाहिर मिलेजस्तो देखिएपनि भित्र उनीहरुबीच मिलन नरहेको उनको आरोप छ । फरक प्रसंगमा उनले सरकारका नेताहरु एकथरी अमेरिकाको बिरोध गर्ने र अर्को अमेरिकालाई फकाउने रणनीतिमा रहेको बताए । उनले अहिलेसम्म नेपाली जनताले पाएको उपलब्धिलाई कसरी जोगाउने भन्ने चुनौती अहिले कांग्रेसको काँधमा आएको भन्दै अब नेपाली जनताले आन्दोलन थेग्न नसक्ने बताए ।

 

हजारौंको संख्यामा भेला भएका समापन कार्यक्रममा तरुण दल क्षेत्रीय समति क्षेत्र नं ३ का सभापति मोहन गुरुङको समापतित्वमा भएको समापन कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य लगायतले मन्तब्य राखेका थिए । मंगलबार नै नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले राखेको अन्तर्कृया कार्यक्रममा बोल्दै नेता थापाले  बर्तमान सरकारले युवाशक्तिलाई नेपालमा नै रोजगारी दिनु पर्ने बताए । उनले दुईतिहाईको सरकारबाट नेपाली जनताले ठूलो आशा राखेको भएपनि सरकारले त्यो पुरा गर्न नसकेको उनको आरोप छ ।

 

कार्यक्रममा कार्यकर्ताले राखेको जिज्ञासामा नेता थापाले पार्टीले जिल्ला जिल्लामा केन्द्रीय सदस्यको रोहवरमा पार्टीको गाउँ जागरण अभियान थाल्ने बताए । यसले पार्टीको संगठन सुदृढ हुने पनि बताए । कार्यक्रम क्षेत्र नं २ को मंगलबारेमा समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...