सडकमा पेटिकोट प्रदर्शन गरेर चर्चित सावित्री सुवेदीको डरलाग्दो पाटो (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

सडकमा पेटिकोट प्रदर्शन गरेर चर्चित सावित्री सुवेदीको डरलाग्दो पाटो सार्वजनिक भएको छ ।

 

सुवेदी सिंहदरबार अघि कालोपेटिकोटमा सार्वजनिक भएको दिन र भोलिपल्ट सबै सञ्चार माध्यममा समाचार बनेर प्रकाशित र प्रशारित भएकी थिइन ।

उनलाइ पेटिकोट लगाएर सडकमा प्रदर्शन गर्ने अवसर भने बलात्कारपछि हत्या भएकी कञ्चनपुर भीमदत्तनगरकी बालिका निर्मला हत्याकाण्डले दिएको थियो ।

निर्मला पन्तको बलात्कारी र हत्यारालाइ पक्राउ गरेर कारबाही गर्नुपर्छ भन्ने माग बोकेर दशौँ पटक काठमाडौँ–कञ्चनपुर गरेकी सुवेदी केही साता पहिले सिन्धुलीमा लखेटिएकी थिइन ।

बलात्कारीका आफन्तसँग मिलेर मुद्दा मिलाउँछु भन्दै प्रहरी कार्यालय पुगेकी सावित्री त्यहाँबाट पीडितका आफन्तको शिकार बिनन् ।

उनी त्यहाँबाट लेखेटिएकी थिइन ।

उनी लेखेटिनु स्वभाविक पनि थियो । बलात्कारविरूद्ध पेटिकोटसहित प्रदर्शन गर्ने सावित्रीको असलियत सिन्धुलीमा देखिएको थियो ।

किनकी उनी त्यहाँ पीडक अर्थात जो बलत्कारी हो उसैको पक्षमा लविङ गर्न पुगेकी थिइन ।

धन्न प्रहरीसँगै भएकाले उनी त्यहाँबाट सकुशल भाग्न सफल भइन ।

हेर्नुहोस् भिडियो 

हाल एक महिनादेखि उनी सामाजिक सञ्जाल फेसबुकबाट पनि लखेटिएकी छिन । विगतमा सावित्रीको कर्मकोबारेमा खुलेर समर्थन गर्नेहरूले नै सामाजिक सञ्जालमा आक्रम गरेपछि अहिले सावित्री फेसबुकको गतिबिधिमा सक्रिय दखिएकी छैनन उनी जनवरी १६पछि फेसबुकमा मौनछिन तर उनका पुराना स्टाटसमा भने समाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनेक विषय कोट्याएर प्रतिक्रिया जनाइरहेका छन ।

सावित्रीको फेसबुकमा जहाँ उनी एक महिनादेखि हराइरहेकी देखिन्छिन ।

धेरै ठाउँमा आफ्नो स्वार्थका लागि मान्छेको घर नै भाँड्ने काममा सावित्री लाग्दै आएको यसअघि नै सार्वजनिक भएको थियो । सिन्धुली घटनापछि उनको पछि गुड टिभी भन्ने युट्युब च्यानलले फलो गरेको रहेछ ।

सावित्रीले एक पत्रकार सम्मेलनमा आफू लाखौँको मालिक रहेको र खर्चको अभाव नरहेको बताइनन मात्रै हुँदै नभएको बहिनी अष्ट्रेलियामा छिन भनेर उतैबाट पैसा आउँछ भनेर बताइन ।

सावित्री, उनको बुबा, अामा र दाजु ।

उनले त्यही बताएको विषयमा सत्यता जाँच्न गुड टिभी नामक युट्युब च्यानल सावित्रीको घरमा पुगेको रहेछ । जहाँ सावित्रीको बुबा र आमासँगको कुराकानीपछि उनको वास्तविक चरित्रको पर्दाफास भएको छ ।

बुबाआमालाइ नै पीडित बनाएर अदालतमा मुद्दा हालेर घरबाट पाँच लाख लिएर निस्केकी उनी त्यसपछि घरको सम्पर्कमा नै रहिनछिन । आफू जय नारीको नारा बोकेर हिडेकी सावित्रीले आफ्नै आमाबुबालाइ यसरी रूवाएकी रहिछन ।

हेर्नुहोस् गुड टिभी च्यानलले गरेको कुराकानी ।

हेर्नुहाेस भिडियाे

 

 

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...