होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा



हाम्रो इकोनोमि

 

होन्डाले बेलायतको प्लान्ट बन्द गर्नेकार निर्माता कम्पनी होन्डाले मंगलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ ।

प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना छ ।

इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो ।

यो प्लान्टबाट होन्डाको ‘सिभिक’ मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् ।

होण्डा कम्पनीका अनुसार, यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताए ।

गत वर्ष होन्डाका युरोपेली वरिष्ठ उपाध्यक्ष इयान हावेल्सले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...