निरुता, दिलिप र उत्तमको हिट जोडी फेरि पर्दामा



हाम्रो इकोनोमि

 

 

नायकद्धय दिलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले एकसाथ काम गरेको चलचित्र ‘दर्पण छाया’ले आज भन्दा करिब १८ बर्ष अगाडि नेपाली बक्स अफिसमा धमाका नै मच्चायो ।

यो गीतले ३ कलाकारलाई नयाँ परिचय पनि दिएको थियो ।

यही चलचित्रको नामको पछाडि २ राखेर निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाया २’ पनि बनाए । तर, यो चलचित्र बक्स अफिसमा खराब रह्यो ।

तुलसीले नाम मात्र सापटी लिएपनि पुरानो भाव चलचित्रमा उतार्न सकेनन् ।

अब, नायक उत्तम प्रधान नयाँ चलचित्र निर्माणमा जुटेका छन् ।

 

चलचित्र ‘दर्पण छाया’ जहाँ सकिएको थियो, सोही स्थानबाट सुरु गरेर उनले कथा लेखेका छन् । उत्तम आफैले लेखेको कथामा लगानी पनि उनकै रहेनछ ।

रोचक कुरा त के छ भने, यो चलचित्रमा ‘दर्पण छाया’ जोडी निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान नै देखिनेछन् । चलचित्रको बिषयमा नायिका निरुता सिंहले अनलाइनखबरसँग भनिन्–‘हो, हामी ३ जना मिलेर एकसाथ काम गर्दैछौ । तर, चलचित्रको नाम ‘दर्पण छाया’ भने रहने छैन ।’

उनका अनुसार, चलचित्रको काम सुरु पहिले नै हुनुपर्ने हो । तर, उत्तम प्रधान भारतमा हुन लागेको चुनावमा बढी व्यस्त भएकाले काम सुरु हुन सकेको छैन । निर्वाचनपछि यो चलचित्र बन्ने उनको भनाई छ । निरुताले भनिन्–‘यो चलचित्रको कथामा हामी ३ नभई हुँदैन । हामी, तिनै जना यो चलचित्रमा काम गर्न राजी भएका छौ ।’ उनले निर्देशन कसले गर्ने भन्ने बिषयमा आफूलाई थाहा नभएको बताइन् ।

यो चलचित्रको छायांकन अर्को बर्षबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...