निरुता, दिलिप र उत्तमको हिट जोडी फेरि पर्दामा



हाम्रो इकोनोमि

 

 

नायकद्धय दिलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले एकसाथ काम गरेको चलचित्र ‘दर्पण छाया’ले आज भन्दा करिब १८ बर्ष अगाडि नेपाली बक्स अफिसमा धमाका नै मच्चायो ।

यो गीतले ३ कलाकारलाई नयाँ परिचय पनि दिएको थियो ।

यही चलचित्रको नामको पछाडि २ राखेर निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाया २’ पनि बनाए । तर, यो चलचित्र बक्स अफिसमा खराब रह्यो ।

तुलसीले नाम मात्र सापटी लिएपनि पुरानो भाव चलचित्रमा उतार्न सकेनन् ।

अब, नायक उत्तम प्रधान नयाँ चलचित्र निर्माणमा जुटेका छन् ।

 

चलचित्र ‘दर्पण छाया’ जहाँ सकिएको थियो, सोही स्थानबाट सुरु गरेर उनले कथा लेखेका छन् । उत्तम आफैले लेखेको कथामा लगानी पनि उनकै रहेनछ ।

रोचक कुरा त के छ भने, यो चलचित्रमा ‘दर्पण छाया’ जोडी निरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधान नै देखिनेछन् । चलचित्रको बिषयमा नायिका निरुता सिंहले अनलाइनखबरसँग भनिन्–‘हो, हामी ३ जना मिलेर एकसाथ काम गर्दैछौ । तर, चलचित्रको नाम ‘दर्पण छाया’ भने रहने छैन ।’

उनका अनुसार, चलचित्रको काम सुरु पहिले नै हुनुपर्ने हो । तर, उत्तम प्रधान भारतमा हुन लागेको चुनावमा बढी व्यस्त भएकाले काम सुरु हुन सकेको छैन । निर्वाचनपछि यो चलचित्र बन्ने उनको भनाई छ । निरुताले भनिन्–‘यो चलचित्रको कथामा हामी ३ नभई हुँदैन । हामी, तिनै जना यो चलचित्रमा काम गर्न राजी भएका छौ ।’ उनले निर्देशन कसले गर्ने भन्ने बिषयमा आफूलाई थाहा नभएको बताइन् ।

यो चलचित्रको छायांकन अर्को बर्षबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...