घुस काण्डमा मुछिएका पाठकमाथि छानबिन गर्न अनुसन्धान टोली



हाम्रो इकोनोमि

 

७८ लाख घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध छानबिनका लागि आयोगले ३ सदस्यीय अनुसन्धान टोली बनाएको छ ।

 

अख्तियारले मंगबार एकजना सहसचिवको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोली बनाएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिएका छन् ।  ‘पाठकमाथि छनबिनका लागि ३ सदस्यीय टोली गठन भएको छ, टेलीले उनको सबै पृष्ठभूमि खोजी छानबिनको काम अघि बढाउँदै छौं’ प्रवक्ता दंगालले भने।

 

आयुक्तबाट राजीनामा दिएसकेका पाठकविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले अख्तियारले नै छानबिन गर्न सक्ने राय सोमबार दिएको थियो । आफ्नै आयुक्तमाथि छानबिन गर्न मिल्ने–नमिल्ने विषयमा दुविधा भएपछि आयोगले सोमबार महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो। पाठकले गत शुक्रबार राजीनामा दिएका थिए ।

 

पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडियो कुराकानीसहितको विवरण मिडियामार्फत सार्वजनिक भएपछि विवादमा मुछिएका थिए।

 

घुस खुवाउने पक्षले पाठकले घुस लिएको भिडियो सुरक्षा निकाय, दलका नेता र मिडियालाई लगेर बुझाएपछि यो प्रकरण बाहिर आएको हो। पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ०७४ भदौमा उक्त घुस लिएको बताइएको छ। पाठकले घुस लिएर पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नभएको भन्दै पैसा दिने पक्षले भिडियोको खुलासा गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...