११ वर्षीया बालिकालाई बलात्कारपछि जलाउने मुख्य अपराधी पक्राउ



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका–३ मगर टोलस्थित उखुबारीमा ११ वर्षीया बालिकालाई बलात्कार गरेर जलाउने निरज जर्घामगर (हाम्ली डन) लाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको छ ।

 

फागुन २ गते विहान मिथिला नपरपालिका–३ मगर टोलस्थित उखुबारीमा स्थानीय ११ वर्षीया बालिका दुतिया रसाईलीको शव उखुबारीमा नग्न अवस्थामा जलाएर छाडिएको अवस्थामा फेला परेको थियो ।

 

स्थानीय इन्द्र बुर्जा मगरको छोरीको बिहेभोजमा गएकी बालिका दुतियालाई निरजले बलात्कारपछि हत्या गरेर जलाएको २ नं प्रदेश प्रहरी कार्यालय प्रमुख हरि बहादुर पालले रातोपाटीलाई जानकारी दिए ।

 

‘बलात्कारपछि बालिकालाई घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ’ डिआईजी पालले भने, ‘हत्यापछि प्रमाण लोप गराउने उद्धेश्यले अभियुक्तले बालिकाको शव जलाएको देखिन्छ ।’

 

धनुषाको बटेश्वर–४ बैगाली टोल बस्दै आएका निरज जर्गामगरलाई सोमबार प्रहरीले धनुषाको बिदेह नगरपलिका–२ दुहबीटोलबाट पक्राउ गरेको हो ।  २२ वर्षीय जर्गामगर हाउस पेन्ट, खसाली तथा लेवर काम गर्दै आएका थिए ।

 

गाउँमा भएको बिहेभोज सकिएपछि गाउँलेहरु नाचगानमा लागेको बेला निरज जर्गामगरले दुतिया रसाईलीलाई चाउचाउ र फ्रुटी खुवाएर फकाएको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।

 

बोल्न नसक्ने दुतियालाई बलात्कार गरेको पोल खुल्ने डरले हत्या गरेपछि प्रमाण नष्ट गर्न फेली जलाउने सम्मको हर्कत गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निरजले शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाईटरले आगो लगाएका थिए ।

 

अभियुक्त निरज जर्गामगर यसअघि विभिन्न चोरीका घट्नामन संलग्न रहेका थिए ।केटी जिस्काएको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएर कारावही गरेका जर्घामगरलाई सार्वजनिक अपारधमा महागरीय प्रहरी वृत्त कालिमाटीले पनि मुद्धा चलाएको थियो । प्रहरीका अनुसार निरज लागूऔषध सेवनकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...