७ हजार मिटरमाथि पहिलो पटक ‘कुकुर’



हाम्रो इकोनोमि

 

 

७ हजार १२९ मिटर अग्लो बरुन्त्से हिमालको चुचुरोसम्म पहिलो पटक कुकुर पुगेको छ।

गत महिना खुम्बु क्षेत्रबाट आरोहण दललाई पछ्याउदै डेड बर्षको कुकुर चुचुरोसम्म पुगेको हो।

सामान्यतय उच्च हिमाली क्षेत्रमा पुग्न आरोहीले अक्सिजनको सहायता लिनुपर्ने हुन्छ।

अमेरिकन आरोही आरोही डान मेजुर पनि ७ हजार मीटरमाथि कुकुर पुग्दा चकित परे।

आरोही गाइड जाङबु शेर्पालाई पछ्याउँदै उक्त कुकुर बिना अक्सिजन चुचुरोसम्म पुगेको थियो।

करिब पाँच हजार मिटरसम्म उचाइका मानव बस्तीमा कुकुर बस्ने गरे पनि सात हजार मीटर उचाइसम्म कुकुर पुगेको पहिलो पटक देखेको गाइड जाङबु शेर्पाले बताउँछन्।

बाटामै भेटिएको कुकुर आधार शिविरसम्म पछ्याउँदै आएको र पछि खानको आशा गर्दै चुचुरोसम्म पुगेका उनले जानकारी दिए।

आरोहण दलका आधारशिविर मेनेजर काजी तामाङले टेन्टमा थुनेर राखेको तर केही समयपछि छाड्दा हिमालतर्फ दौडिएकाले थियो।

आरोहण दलले कुकुरलाई काठमाडौंसम्म ल्याएको र ‘बरु’ नाम दिएर हेरचाहा गर्दे आएको गाइड शेर्पाले जनाए।

उचाइ पचाउने क्षमता सबै कुकुरको क्षमता एउटै नहुने तर स्थानीय कुकुर भएकाले हिमालसम्म पुग्न सकेको कुकुर विज्ञ डा. देउती गुरुङ बताउँछिन्।

उनका अनुसार उच्च हिमाली क्षेत्र बस्ने भएकाले मानिसले जस्तै कुकुरले पनि कम अक्सिजनमा बाँच्न सक्ने क्षमता राखेको हो।

उचाइ पचाउन सक्ने भएकाले कुकुरलाई विभिन्न अनुसन्धान, सर्च एण्ड रेस्क्यू लगायतमा प्रयोग गर्न उपयुक्त हुने समेत यो घटनाले पुष्टी गरेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...