७ हजार मिटरमाथि पहिलो पटक ‘कुकुर’



हाम्रो इकोनोमि

 

 

७ हजार १२९ मिटर अग्लो बरुन्त्से हिमालको चुचुरोसम्म पहिलो पटक कुकुर पुगेको छ।

गत महिना खुम्बु क्षेत्रबाट आरोहण दललाई पछ्याउदै डेड बर्षको कुकुर चुचुरोसम्म पुगेको हो।

सामान्यतय उच्च हिमाली क्षेत्रमा पुग्न आरोहीले अक्सिजनको सहायता लिनुपर्ने हुन्छ।

अमेरिकन आरोही आरोही डान मेजुर पनि ७ हजार मीटरमाथि कुकुर पुग्दा चकित परे।

आरोही गाइड जाङबु शेर्पालाई पछ्याउँदै उक्त कुकुर बिना अक्सिजन चुचुरोसम्म पुगेको थियो।

करिब पाँच हजार मिटरसम्म उचाइका मानव बस्तीमा कुकुर बस्ने गरे पनि सात हजार मीटर उचाइसम्म कुकुर पुगेको पहिलो पटक देखेको गाइड जाङबु शेर्पाले बताउँछन्।

बाटामै भेटिएको कुकुर आधार शिविरसम्म पछ्याउँदै आएको र पछि खानको आशा गर्दै चुचुरोसम्म पुगेका उनले जानकारी दिए।

आरोहण दलका आधारशिविर मेनेजर काजी तामाङले टेन्टमा थुनेर राखेको तर केही समयपछि छाड्दा हिमालतर्फ दौडिएकाले थियो।

आरोहण दलले कुकुरलाई काठमाडौंसम्म ल्याएको र ‘बरु’ नाम दिएर हेरचाहा गर्दे आएको गाइड शेर्पाले जनाए।

उचाइ पचाउने क्षमता सबै कुकुरको क्षमता एउटै नहुने तर स्थानीय कुकुर भएकाले हिमालसम्म पुग्न सकेको कुकुर विज्ञ डा. देउती गुरुङ बताउँछिन्।

उनका अनुसार उच्च हिमाली क्षेत्र बस्ने भएकाले मानिसले जस्तै कुकुरले पनि कम अक्सिजनमा बाँच्न सक्ने क्षमता राखेको हो।

उचाइ पचाउन सक्ने भएकाले कुकुरलाई विभिन्न अनुसन्धान, सर्च एण्ड रेस्क्यू लगायतमा प्रयोग गर्न उपयुक्त हुने समेत यो घटनाले पुष्टी गरेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...