नेकपा दुई समुहमा बिभाजित ! प्रचण्ड २७ ओली ९, (नामावली सहित)



हाम्रो इकोनोमि

 

सत्तारुढ दल (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा मात्रै होइन निकै कम्जोर बन्दै गएको (नेकपा)निकट स्रोतको दावी छ । पार्टीका ४५ स्थायी समिती सदस्य मध्य प्रचण्ड २७ जना सहित हाबी भएको बताइएको छ ।

 

भित्र राजनीतिक रुपमा प्रभाव पार्न सक्ने मानिएका ३६ नेता मध्य २७ जना प्रचण्ड सगको मोर्चामा सहभागी बनेको स्रोतको दावी रहेको छ ।
बैठकमा राजनीतिक रुपमा प्रभाव पार्न सक्ने नेकपा नेताहरुको लिस्ट पनि बनाइएको श्रोतले जनाएको छ । ति नामहरुको सुची यस्तो रहेको छ ।

नेताहरुको लिस्ट यसप्रकार छ ।

प्रचण्ड समुह
१)माधवकुमार नेपाल
२) झलनाथ खनाल
३) बामदेव गौतम
४) नारायणकाजी श्रेष्ठ
५) वर्षमान पुन
६) गणेश शाह
७) गिरीराजमणि पोखेरल
८) अग्नी सापकोटा
९) जनार्दन शर्मा
१०) देवेन्द्र पौडेल
११) शक्ति बस्नेत
१२) टोपबहादुर रायमाझि
१३) हरिबोल गजुरेल
१४) लेखराज भट्ट
१५) मातृका यादव
१६) पम्फा भुसाल
१७) रामबहादुर थापा
१८) भीमबहादुर रावल
१९) अष्टलक्ष्मी शाक्य
२०) सुरेन्द्र पाण्डे
२२) घनश्याम भुसाल
२३) बेदुराम भुसाल
२४) रघुजी पन्त
२५) युवराज ज्ञवाली
२६) भीम आर्चाय
२७) मणि थापा

 

ओली समुह
१) विष्णु पौडेल
२) ईश्वर पोखेरल
३) पुथ्वीसुब्बा गुरुङ
४) प्रदीप ज्ञवाली
५) विष्णु रिमाल
६) शंकर पोखरेल
७) मुकुन्द न्यौपाने
८) सुवास नेम्वाङ
९) सत्यनारायण मण्डल

 

ओली र प्रचण्डबीच भद्र सहमति – यी मन्त्रीहरु हेरफेर हुने कुन कुन मन्त्रीको पद सकियो ?

 

नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

 

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य अगाडि बढेको छ ।

 

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना शुरु भएको छ ।

 

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

 

मन्त्रीहरु हेरफेरको तयारी, कुन कुन मन्त्रीको पद धरापमा ?

अपेक्षित काम गर्न नसकेको मन्त्रीहरु हेरफेर गर्न लागिएको हो । स्रोतका अनुसार पर्यटनमन्त्री रबिन्द्र अधिकारी, श्रम मन्त्री गोकर्ण बिष्ट, यातायात मन्त्री रघुबीर महासेठ, अर्थमन्त्री डा. युवराव खतिवडा, कृषि मन्त्री चक्रपाणि खनाल र खेलकुदमन्त्री जगतबहादुर सुनुवार फेरिने सम्भावना छ ।

अर्थमन्त्री डा. खतिवडाको पक्षमा एक समूह नहटाउन सक्रिय भएको छ । राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाई रामशरण खरेललाई ल्याएर मन्त्रालय चलाएको आरोप लगाएको छ । अर्थ मन्त्रालयमा उनले खासै सुधार ल्याउन सकेका छैनन् । बरु अर्थतन्त्र खस्कदै गएको छ ।
साथै सरकारको रक्षाकवच बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई अझ महत्वपूर्ण मन्त्रालय दिने सम्भावना समेत रहेको स्रोत बताउँछ ।

 

यसअघि नै सरकारले कानून मन्त्री शेरबहादुर तामाङलाई हटाएको थियो ।
मन्त्री फेर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेका छन् । सम्भवतः फागून महिनाभित्रै मन्त्रीमण्डल हेरफेर गर्ने तयारी रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...