प्रत्येक दिन २० किलो सुन खपत भइरहेको छ । कहाँ जान्छ यो सुन ?



 

 

० प्रतिपक्ष भन्छ नेपालको अर्थतन्त्र पूरै धरासयी भयो । वास्तविकता के हो ?

– राजनीतिक अस्थिरता, अशान्ति, प्राकृतिक प्रकोप र भारतीय नाकाबन्दी– यी सबैलाई हेर्ने हो भने ‘अहो ! हामी अभागी मुलुकमा परेका रहेछौँ’ भन्ने परिस्थितिले गर्दा हाम्रो आर्थिक बृद्धिदर त्यत्ति आशालाग्दो भएन । भूकम्पलगत्तै आर्थिक वृद्धिदरको अंक सात दशमलव पाँच प्रतिशत पुगेको थियो । अघिल्लो वर्षको बेस राम्रो भएको कारण त्यस्तो भएको हो । देशमा अहिले संविधान आयो, संघीयतामा गयौँ र स्थायी सरकार छ । तर, उपलव्धि हासिल गर्न नसकेको कुरा स्वीकार गर्नुपर्छ । यस्तो कुरामा राजनीतिक पक्ष र विपक्ष भन्नुहुँदैन । बजेट समयमै ल्याइयो । तर, गुनासो गर्ने ठाँउ रह्यो । पुँजीगत खर्च आशातित रुपमा हुन सकेन । ६ महिनाको अवधीमा २२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । संघले प्रदेशलाई बजेट पठायो । प्रदेशले स्थानीय तहलाई अझै दिन सकेको छैन ।

 

बजेट कार्यान्वयन गर्नुपर्ने कर्मचारी समायोजन भएर त्यहाँ पुग्न सकेका छैनन् । यस्तो अन्योलका कारण हाम्रो विकास धरापमा परेको अनुभति भएको छ । यद्यपि, परिवर्तनपछि केही आशातित कुरा भएको छ, जस्तो कि पर्यटक ११ लाख आए । यसैबाट हौसिएर २ वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेका छौँ । मूल्यवृद्धि पहिला ८ को बिन्दुभन्दा माथि पुग्थ्यो, अहिले ३ दशमलव ७ प्रतिशतले झरेको छ । यद्यपि, बजारमा हामी त्यो अनुभूति गर्न सक्दैनौँ । हाम्रो ध्यान मसिनो चामलतिर गयो, जुन आयात गर्छौं । रेडिमेट कपडा लगाउन थाल्यौँ । रेष्टुराँमा खान जानेको संख्या बढ्यो ।

 

० यो सरकारले एकवर्षको अवधीमा आर्थिक क्षेत्रमा गरेका क्रियाकलापको समीक्षा कसरी गर्नुहुन्छ ?

– लक्ष्य गरेअनुसार उपलव्धी हासिल भएन । घर–घरमा ग्यास पाइप जोडिनेछ, ‘०७५ पुस १५ देखि पानीजहाज चढ्नका लागि टिकट काट्नुस्’ भनिएको थियो । यी कुरा हुन सकेनन् । सरकारी संयन्त्रबाट हेर्दा यो ५ महिनामा व्यापार घाटा ५ खर्ब ६९ अर्ब पुगेछ । अघिल्लो बर्षको यही अवधीमा ३ खर्ब ६३ अर्बमात्र व्यापार घाटा थियो । शोधान्तरतर्फको तथ्यांक हेर्दा अघिल्लो बर्षको यही अवधीमा ५ अर्ब ३२ करोड बचत रहेछ । ८५ अर्ब ३२ करोडले घाटामा गयो । हामी त खञ्चुवामात्र भएछौँ ।

 

बाहिरबाट ल्याएर सेवा र वस्तु पनि उपयोग गर्नेमा गएछौँ । यसले पनि राम्रो कुरा देखाएन । विदेशी मुद्राको सञ्चिति घटेको छ । स्थायी सरकार भएको कारण विदेशी लगानी वर्षिन्छ भन्यौँ । तर, स्थिति उल्टो छ । गएको वर्ष १४ अर्बको थियो, यसपटक १० अर्ब २३ करोड मात्र वैदेशिक लगानी भित्रिएको देखिन्छ । यद्यपि, विद्युतको आपूर्तिमा नियमितता आएको कारण औद्योगिक प्रतिष्ठानको क्षमता ५२ बाट ५८ प्रतिशतले वृद्धि भएको छ । मौसम पूर्वानुमानमा पहिला घाम लाग्छ भनेको दिन पानी पथ्र्यो । तर, अहिले ठ्याक–ठ्याक मिल्न थाल्यो । यी चाहिँ सकरात्मक कुरा हुन् ।

 

० अर्थमन्त्रीले शुरुमा अलोकप्रियजस्तो देखिए पनि यो सकारका आर्थिक कार्यक्रमहरु दूरगामी असर पार्नेखालका छन् भन्नुहुन्छ । पत्याउनुहुन्छ ?

– अमूर्त किसिमको कुरा भयो । अहिले नै नकरात्मक देखियो भने भोलि के होला ? उहाँहरुको पार्टीको घोषणापत्रमै सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याँउछौं भनिएको थियो । तर, कार्यान्वयन त भएन । ‘अर्को वर्ष बढ्छ’ भनेर उधारो तमसुक मात्र देखाइयो । यस्तो गर्नुहुँदैथ्यो । हामी ठाउँमा बसेका मान्छेले त्यस्तो भत्ता दिन सकिने अवस्था छैन भनेर बुझौँला, तर जनताले त मान्दैनन् नि † नसकिने कुरा पहिला भन्नै हुन्थेन ।

 

० विदेशी दातासँगै स्वदेशी उद्योग व्यवसायी पनि सरकारसँग सशंकित भएको भन्दै छन् । त्यस्तो हुनुको के–के कारण हुनसक्छन् ?

– अर्थमन्त्रीले नै पुँजीगत खर्च नभएर हाम्रो समग्र अर्थतन्त्रलाई खासै असर पार्दैन भन्नुभयो । पुँजी खर्च नहुने हो भने विकास खर्च, चालू खर्च किन छुट्याउनु ? किन टाउको दुखाउनु ? जग्गा सरकारीकरण गर्नुपर्छ भन्ने अभिव्यक्ति आयो । तर, खण्डन आएन । ‘हो र’छ कि’ भन्ने भयो । शेयर बजारमा उहाँले भन्न खोजेको ठीक थियो । तर, शव्दावलीको चयन तलमाथि पर्नाले ओरालो लाग्यो । अहिले त उहाँ मन्त्री हो, पहिलाजस्तो कर्मचारी हैन नि † उहाँका शव्द–शव्दले महत्व राख्ने बेलामा बोलि मिलाउनुपथ्र्यो ।

 

० अहिले भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट) अर्थात्, आयात र निर्यातको सन्तुलनका विषयमा चर्चा हुन थालेको छ । विदेशी मुद्रा कमाउने र तिर्ने कुरामा सन्तुलन गुम्नुको कारण वा यस्तो खाडल किन भयो ?

– आयाततर्फ हेर्ने हो भने विलासी सामानमै हामी अल्मलियौँ । माथि–माथि पुग्नुभएका नेताहरु बढा दुख पाएर त्यहाँ पुग्नुभएको त भनियो, तर उहाँहरुले मोवाइल÷ट्याबलेट ल्याउने † पाँच लाख घटीको नबोक्ने † एउटैले तीनवटासम्म कार प्रयोग गर्ने † नजिक बस्नेले सकेर भए पनि, नसकेर भए पनि देखासिकी गर्ने नै भए । उनीहरुलाई खुशी पार्ने व्यापारीले यस्ता बस्तु एक दुईवटा उपहार दिने † त्यो प्रयोग गरिसकेपछि वा उसले प्रचार गरेपछि उसका चम्चाहरुलाई पनि यस्ता बस्तु नभई नहुने भयो । त्यही कारण व्यापारीहरुले यस्ता बस्तु ल्याउने भए । यही कारण आयात बढ्दै गयो । रेमिट्यान्स पनि घट्दै गयो ।

 

यस्तो भएपछि शोधान्तर घाटा बढ्ने नै भयो । अब हामीले विचार गर्ने पर्ने पक्ष, मितव्ययी बन्न पर्ने हो कि ? वेल्ट कस्नुपर्ने हो कि ? परिवर्तित सन्र्दभमा हामी सबै श्री ५ भयौँ । हिजो श्री ५ लगाउने एक जना मात्र थिए । आज दुई करोड ८९ लाख पुग्यौँ । त्यही कारण कसैले कसैको कुरा सुन्न पनि परेन । हाम्रो अर्थतन्त्र बेलगामको रुपमा अग्रसर भएर अगाडि गयो । वस्तु व्यापार, सेवा व्यापार र ट्रान्सफरसमेत घाटामा गयो । हामी खञ्चुवा भयौँ । हामीसँग प्रर्याप्त केही रहेनछ । बाहिरबाट आएकोले असिना–पसिन बनाउँदो रहेछ भन्ने देखियो । अर्थतन्त्र कमजोर बन्दै गएको छनक देखिरहेको छु ।

 

० कुनै बेला विदेशी मुद्राको सञ्चिती १० खर्ब २ अर्बबाट झरेर अहिले ९ खर्ब पुगेको छ । किन ?

– रेमिन्ट्यान्सबाट उल्लेख्य योगदान भएन । अहिले सुन पनि दिनमा २० किलो खपत हुन्छ भन्छन् । तीन करोड हाराहारीका जनता छौँ । प्रत्येक दिन २० किलो सुन खपत हुन्छ भनेर पत्याइरहेका छौँ । सुन आयात गर्नका लागि विदेशी मुद्रा पठाउनै प¥यो ।

 

० रेमिटेन्स पनि घटेको छ । वैदेशिक रोजगारीको संख्या बढ्ने, त्यताबाट आउने पैसा घट्ने कसरी हुन्छ ?

– वैदेशिक रोजागरीमा जानेको संख्या घटेको छ र त्यताबाट पठाउने पैसा थोरै बढेको छ । संख्या घट्दा पनि पैसा किन बढेको छ भने अमेरिकी डलर बढ्यो । एक सय १८ सम्म पुग्यो ।

 

० भारतसँगको व्यापार घाटालाई सन्तुलन गर्ने उपाय के हो ?

– सबैभन्दा पहिला भारतीयले सहयोगको घोषणा गरे । घोषणामात्रै गरे, सहयोगचाहिँ गरेनन् । भूकम्पका कारण देशको सबै क्षेत्र थिलथिलो भएको बेला नाकाबन्दी लगाइदिए । छिमेकी मुलुकलाई त्योभन्दा ठूलो गुण अरु के हुन्छ ? बचे खुचेका कृषि उपज बस्तुहरु वोर्डरमै लगेर पाँचदेखि सातदिनसम्म राखे । यो त डिस्करेज गरेको हो नि † एक्सर्पोट गर्नका लागि हो भने त इन्करेज गर्नुपथ्र्यो । उनीहरुले प्रतीज्ञा गरेअनुसार भए हाम्रो निर्यात राम्रो हुनसक्थ्यो ।

 

कतिपय कुराहरु नेपालको उत्पादन होइन भन्ने अवस्था छ । पहिला भारत र नेपालबाट ५१ प्रतिशतभन्दा बढी लगानी गरेका संस्थाबाट उत्पादित बिजुली लिन्छौं, अरु लिन्नौँ भनिएको थियो । तर, कार्यान्वयन भएको छैन । सस्तो लोकप्रियताका लागि भाषणचाहिँ गरिदिने । ती कुरालाई व्यवहारमा ल्याउन धेरै पछाडि हट्ने कारणले आशातित निर्यात हुन सकेको छैन । अरु देशमा क्वान्टिटी पनि छैन । क्वालिटीमा पनि उस्तै छ ।

 

० वैंकिङ क्षेत्रमा निरन्तर चार–पाँच वर्षदेखि तरलता अभाव (बैंकसँग डिपोजिट नहुने) को स्थिति छ । यसको कारण के हो ?

– तरलताको अभाव होइन भनेर केन्द्रीय बैंकले भनेन † हो भने त भन्नुपर्छ नि † माघ २२ को तथ्यांक हेर्दा ३४ अर्ब रुपैंया सर्कुलर छ, बजारमा । पाँच अर्ब बराबरको रिपो केन्द्रीय बैंकले जारी ग¥यो । बैंकहरुले लैजाने बेलामा तीन खर्ब ६० अर्ब उठाए । एब अर्ब ४० करोड बाँकी रह्यो । यदी हामीले भनेझैं तरलताको अभाव भएको भए यी परिस्थिति अर्कै हुन्थ्यो । सबै बैंकमा तरलताको अभाव होइन । सरकारी बैंक यसबाट उन्मुक्त हुन्छ । सिसिडी रेसियो, निक्षेप र लगानीको अवस्था पनि राम्रो छ ।

 

हतोत्साहित हुनुपर्ने अवस्था छैन । तर, केही बैंकलाई दुई अर्बबाट आठ अर्ब पुँजी पु¥याउन निर्देशन दियो, केन्द्रीय बैंकले । त्यो पूरा गर्ने क्रममा छोटो समयमा पुँजी वृद्धि गर्नैपर्ने भयो । लगानी गर्ने मान्छेलाई जति माग्न आँउछन्, त्यति लगानी गरिदियो । तर, त्यही तुलनामा निक्षेप संकलन हुन सकेन । त्यसो हुँदा निक्षेप भन्दा लगानी बढी हुन गयो । धनगढी, विराटनगर, भैरहवालगायतका क्षेत्रमा उद्यमी व्यवसायीहरु बैंककै विरुद्धमा आन्दोलनमा उत्रिए । बारम्बार आइरहने तरलताको अभाव भएरै त्यसो भयो । तर, केन्द्रीय बैंक समस्या होइन भन्छ ।

० बैंक–बैंकबीच ठूलो र अस्वस्थ प्रतिस्पर्धा छ । के राष्ट्रबैंकले व्यवस्थापन गर्न नसकेको हो ?

– व्यवस्थापन गर्न नसकिएको त अस्वस्थ प्रतिष्पर्धा, लगानीजस्ता कुरामा नै हो । बीचमा फ्री मार्केटमा छोड्दा १४ प्रतिशत व्याजदर दिन्छौं भन्ने बैंकहरु पनि भेटिए । एक बैंकमा थोरैमा राखेको पैसा अर्काे बैंकमा लिएर जाने भए । यो पक्कै पनि स्वस्थखालको प्रतिष्पर्धाचाहिँ होइन । यो अवस्थामा केन्द्रीय बैंकले जुन प्रक्षेपण गरेको थियो, निजी क्षेत्रलाई २२ प्रतिशत कर्जा प्रवाह गर्नका लागि । त्यो अवस्थामा पुगिसक्यो । पाँच महिनामै त्यो हाराहारीमा पुग्यो भनेपछि तथ्यांक गलत भयो ।

 

स्प्रेड दर घटाउने, अनिवार्य रुपमा केन्द्रीय बैंकमा जम्मा गर्नुपर्ने पैसाको दर घटाउने (बैंक रेट ७ बाट ६ मा घटाएको ) त्यसले पनि काम गरेन भनेपछि हाइड्रोमा लगानी गर्ने । हाम्रा बैंक सक्षम छैनन् । त्यही कारण तत्कालका लागि यो कुरा आएको हो । बाहिरतिर मेरो पैसा सुरक्षित गरेर राखिदेऊ भनेर बैंकलाई उल्टै शुल्क तिर्नुपर्छ । जापानमा यस्तो भइसक्यो छ । हामी व्याज पाउने अपेक्षासहित पैसा राख्छौं । हो, विदेशका त्यस्ता बैंकबाट हामीले पैसा भिœयाउन सक्छौँ । हाम्रै एउटा बैंकले ५० करोड ल्याएर लगानी पनि गरेको छ ।

 

० संघीयतामा आर्थिक कारोबार विकेन्द्रित हुनुपर्ने, तर अझै पनि बैंकहरुले कर्जा प्रवाहमा काठमाडौं केन्द्रित नीति बनाइरहेका छन् । राष्ट्रबैंकले यस्तो स्थिति रहन नदिनुपर्नेमा उल्टै प्रोत्साहित गरेको भनिन्छ । हो ?

– कर्जा भनेको मागका आधारमा दिने हो । बजार, जनसंख्या जीवनशैली सबै हिसाबले कर्जाको माग यही भएको छ । अहिले केन्द्रीय बैंकले प्रदेशस्तरको विकास बैंक खोल्नका लागि पुँजी अलिकति कम गरेर अनुमति दिएको छ । सकरात्मक पाटो हो यो ।

 

० एकातिर बैंकहरुको संख्या घटाउने भनिएको छ । अर्कातिर स्थानीय स्तरमा खुलेका विकास बैंक, सहकारीलाई मर्जमा जाऔ भनिएको छ । ठूला बैंक गाउँतहमा जान हिचकिचाउने, गाउँका वित्तीय संस्थालाई मर्जमा जाऔ भन्नुको अर्थ के हो ?

– सात सय ६१ स्थानीय निकायमध्ये अझै २० देखि २२ वटा स्थानीय तहमा बैंक पुगेका छैनन् । मर्जरमा जाउ भन्नुको कारण उनीहरु नाफामा जान सकेनन्, नोक्सानीमा पर्न जाने हो भने पुँजी लगानी गरेर नोक्सानी पार्ने कुरामा को जान्छन् ? आफ्नै खुट्टामा उभिन नसकेपछि विकल्प त खोज्नु प¥यो । कि, लिक्विडिटेसनमा जानुप¥यो । त्यो भन्दा अरुसँग मिलेर काम गर्न सहज बन्यो । त्यही कारण मर्जरमा जानुभयो भने यो–यो सहुलियत÷प्रोत्साहन पाउनुहुन्छ भनिएको हो ।

 

० बैंक, फाइनान्स, विकास बैंक सबैलाई एउटै नीति ल्याउने कारण समस्या आएको भनिन्छ । पहाड, तराई, शहरका अवस्था उस्तै हुन्छ र ?

– दुर्गम क्षेत्रमा जानेहरुलाई केन्द्रीय बैंकले सहयोग गर्छौं भनेर सैद्धान्तिक घोषणा पनि गरेको छ । प्रदेश तहमा विकास बैंक खोलेर त्यहाँका जिल्लामा शाखा खोल्ने कुरालाई प्रोत्साहन गर्न खोजिएको होला ।

 

० देशको ४७ प्रतिशत भूमिमा सिंचाई छ । तर, कृषिको विकास घट्दो छ । कृषि र उद्योगमा लगानी घटेको छ । अरु–अरु पर्यटन, होटल, हाउजिङमा लगानी बढेको छ । यो विकृतिको कारक के हो ?

– कृषि–कृषि भन्दाभन्दै कृषिका लागि छुट्याइएको कूल बजेटको ५० देखि ६० प्रतिशत त अनुदानमै जाँदोरहेछ । दुःखद् कुरा, अनुदान खास कृषकसम्म पुगेन । कनेक्सन भएका केही टाठाबाठा, जसले म कृषकको प्रतिनिधि हुँ भन्छन् उसैले लगेर कागजमा खाइदिने प्रबृत्ति बढेका हुनाले त्यसमा लगानी बढेको पनि देखिएन् । उत्पादकत्व पनि बढेन । कृषिप्रतिको आकर्षण पनि बढेन ।

० उद्योगका नाममा कर्जा प्रवाह हुने । तर, गाउँमा जग्गा किन्ने, रियल स्टेटको व्यापार गर्ने र कर्जा पनि नतिर्ने प्रबृत्ति कसरी रोकिन्छ ?

– जुन उद्योग खोल्छु भनेको हो, पहिला डकुमेण्टेशन राम्रोसँग अध्ययन गर्नुप¥यो । दोस्रो कुरा, एकैपटक पैसा नदिइकन उद्योगका लागि कति बेला पैसा चाहिने हो। बाधा नपु¥याई दिने हो भने पैसाको सदुपयोग हुने काम पनि हुन्छ । अनुगमन इमान्दारितापूर्वक गरी देखिएका कमी–कमजोरी तत्काल हटाउने हो भने हुन्छ । तर, दिने र लिने दुबै इमान्दार भएनन् भने यस्तो विकृति आउने नै भयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी