बोक्सी आरोपमा मलमूत्र खुवाउनेलाई ५ वर्ष कैद



हाम्रो इकोनोमि

 

बोक्सी आरोप लगाएर १ महिलालाई कुटपिट गर्दै मानव मलमूत्र खुवाएको कसूरमा उच्च अदालत जनकपुरले अभियुक्तलाई ५ वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

 

सर्लाही जिल्ला अदालतले अभियुक्तलाई सफाइ दिएको भएपनि उच्च अदालत जनकपुरले भने फैसलालाई उल्ट्याएर कैद तथा जरिवाना गरेको छ ।

 

सर्लाहीको साविक मधुवनी गाविस–९ का सुलामान मियाँ, उनका छोरा आलम गिर अन्सारी र सर्लाहीकै सुन्दरपुर चोहडवा–५ बसबरिया क्याम्पटोल बस्ने महमद मजिद अन्सारीलाई जनही ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

 

उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र राजेश्वर तिवारीको संयुक्त इजलाशले गत फागुन १ गते कैद र जरिवानाको फैसला गरेको हो । अभियुक्तबाट पिडितलाई दामाशाहीको आधारमा ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत उपलब्ध गराउन फैसला गरिएको छ ।

 

‘पीडित जाहेरवालीलाई चोटपटक लागेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको, पीडितले लगाएको कपडामा फोहोर (दिशा) लागेको र मलमूत्र खुवाउन प्रयोग भएको ढुंगो समेत बरामद भएको देखिन्छ,’ उच्च अदालतको फैसलामा भनिएको छ, ‘मौकामा तयार घटनास्थल मुचुल्का लगायतका मौकामा संकलित सबुत प्रमाणबाट समेत अधिकार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीको साविती बयान समर्थित हुनुका साथै पीडित जाहेरवालीले घटना भएको र ती प्रतिवादीहरुले नै घटना घटाएको भनी बकपत्र गरेकाले पनि कसुर ठहरिन्छ ।’

 

अभियुक्तलाई सफाई दिने गरी शुरू अदालत सर्लाही जिल्ला अदालतको २०७३ फागुन १८ गतेको फैसला नमिलेकाले उल्टी भई प्रतिवादीलाई बोक्सीको आरोप कसूर सजाय ऐन अन्तर्गत जनही ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरिएको हो । यसअघि सर्लाही जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहले आरोपमा अभियुक्तलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...