बल्ल मारिए कश्मीर आक्रमणका मुख्य योजनाकार, हेर्नुस को हुन मुख्य योजनाकार राशिद गाजी !



हाम्रो इकोनोमि

 

भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ।

एक गैरसैनिकको पनि ज्यान गएको छ।भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ।

लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ।

सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भयो।

बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो।

सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो घटनामा संलग्न लडाकु खोज्न एउटा अभियान नै सुरु गरेको छ।

सेनातर्फ हताहत भएकामध्ये एक जना मेजर र तीन जना सिपाही रहेको बीबीसी हिन्दीले जनाएको छ।

सो क्षेत्रमा गोली हानाहान भएको चर्को सुनिएको छ।

सुरक्षाकर्मीहरूले गाउँलेहरूलाई घरभित्रै बस्न आह्वान गरेका छन्।

डरलाग्दो आक्रमण
गत हप्ता भएको आक्रमण कश्मीरमा अशान्ति सुरु भएपछिकै ठूलो आक्रमण भएको बताइन्छ।एकजना आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी सीपीआरएफका सुरक्षाकर्मीहरू बोकेका ७८ वटा गाडीहरूको लस्करमा लगेर जोतिदिएका थिए। घटनास्थल श्रीनगरबाट २० किलोमिटर पर छ।ती आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मीरी युवा भएको बताइएको छ।पाकिस्तानी सञ्चालित लडाकु समूह जैश‍-ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ।भारतले भने पाकिस्तान नै सो आक्रमणमा संलग्न भएको आरोप लगाएको छ तर इस्लामाबादले त्यसको खण्डन गरेको छ।

विरोध
बिहीवारको घटनापछि भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन्।क्रुद्ध भिडले कश्मीरी विद्यार्थी र व्यापारीहरूलाई निसाना बनाउने गरेका छन्।

विभाजनको ७० वर्ष
विभाजनको सात दशकपछि पनि भारत र पाकिस्तानबीच तिक्तता कायम छ।दुवै देशले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।

पुलवामामा भएको आक्रमणपछि कश्मीरी मुसलमानहरूलाई सतर्क रहन भनिएको छ।विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले उत्तर भारतमा कश्मीरी विद्यार्थीहरूसँग कुटपिट भएको वा उनीहरूलाई बसेको ठाउँबाट निकाएको घटनाबारे समाचार प्रकाशित गरेका छन्।

सीआरपीएफले विद्यार्थीहरूलाई सहयोग गर्ने बताएको छ तर उनले समाचार सत्य हो कि हैन राम्ररी विचार गर्न आग्रह गरेको छ।

कश्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई एक्ल्याइदिने चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...