‘अनमोलसँग खेल्ने प्रस्ताव आएको छैन’ : साम्राज्ञी



हाम्रो इकोनोमि

 

 

फिल्म ‘ड्रिम्स’ मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीलाई दर्शकले रुचाए

। भुवन केसी निर्देशित फिल्म हिट भयो ।

साम्राज्ञी पनि हिट भइन् । तर अनमोल र साम्राज्ञी ड्रिम्स पछि दोश्रो फिल्ममा देखिएका छैनन् । किन त ?

गत शुक्रबार फिल्म ‘मारुनी’ को मुर्हतमा साम्राज्ञीले अनमोल सँग फिल्ममा नदोहोरिनुको कारण खुलाइन् ।

‘मलाई र अनमोललाई लिएर फिल्म बनाउँन कसैले पनि प्रस्ताव राख्नु भएको छैन’, साम्राज्ञीले सुनाइन् ।

प्रस्ताव आयो भने खेल्नु हुन्छ त ? उनले भनिन्, ‘नखेल्ने भन्ने त कुरै हुँदैन । राम्रो स्क्रिप्ट आयो भने पक्कै पनि खेल्छु ।’

यस्तै उनले अनमोलको नयाँ फिल्म ‘क्याप्टेन’ को ट्रेलर पनि मन परेको प्रतिक्रिया दिइन् ।

साम्राज्ञी यतिबेला ‘मारुनी’को वर्कसपमा व्यस्त छिन् भने अनमोल फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘क्याप्टेन’ को प्रचारमा व्यस्त छन् ।

अनमोल र साम्राज्ञीलाई लिएर कसले बनाउँला त दोश्रो फिल्म ?

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...